

काठमाडौं – फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन नेपाल आइपुगेका छन्। इटालीका पूर्वकप्तानसमेत रहेका बफोन केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा पारेर नेपाल आइपुगेका हुन्।
उनलाई केपी ओली कपको आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।
ओली कपको तेस्रो संस्करणको फागुन १९ गतेसम्म हुँदैछ। प्रतियोगिताको फाइनल खेलको अवलोकन लागि बफोन काठमाडौंमा आइपुगेका हुन्।
सन् २००६ को फिफा विश्वकप जितेका बफोनले कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय क्याप जितेका छन्। सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर उनले इटलीका लागि ८० खेलमा कप्तानी समेत गरेका छन्। बफोनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेलेका थिए।
उनले नेपाल आउन पाउँदा र नेपाली जनता भेट्न पाउँदा खुसी लागेको बताए। यहाँको विभिन्न सांस्कृतिक गतिविधि हिमालबारे उनले आफूले सुनेको पनि सुनाए।
आफूलाई निमन्त्रणा गर्ने आयोजकलाई उनले धन्यवाद पनि दिए
ताजा समाचार
लोकप्रिय
© 2025: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal