काठमाडौं अष्ट्रेलियाली म्याट रस नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त भएका छन् । आइतबार एन्फा महासचिव किरण राईले रससँग औपचारिक रूपमा एक वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

‘हामी उनको नेतृत्वमा अगाडि बढ्ने रोमाञ्चक यात्राको लागि तत्पर छौं। स्वागत छ म्याट,’ एन्फाले भनेको छ ।

अब उनले नेपाली टोलीको प्रशिक्षकको रूपमा मार्च २१ मा पहिलो औपचारिक खेल खेलाउँदैछन्। नेपालले मार्च २१ सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ।

त्यसपछि नेपाली टोलीले मार्च २५ मा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।

मलेसियासँगको खेल घरेलु मैदानमा हुनु पर्ने भए पनि दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता नपाएपछि मलेसियामा हुन लागेको हो।

नेपालले दुई वटा महत्वपूर्ण खेल खेल्न १९ दिनअघि प्रशिक्षक नियुक्तिको औपचारिक घोषणा भए पनि रोस गत माघ दोस्रो साता नै नेपाल आएका थिए।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय