

काठमाडौं – फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा घरेलु मैदानमा नेपालले म्यानमारसँग २-० ले हार ब्यहोर्यो। यो हार केवल स्कोरबोर्डमा देखिने सङ्ख्याभन्दा बढी अर्थ राख्छ।
लगातार उपाधि जित्न नसक्ने कारकमा बुधवार पनि खेल अवधिभर पाएको गोल गर्ने अवसर गुमाइरहनु र रणनीतिक कमजोरी नै मुख्य कारक देखियो।
पहिलो हाफमा बराबरी खेले पनि दोस्रो हाफमा म्यानमारले आफ्नो अनुभव र उच्च स्तरको खेल कौशल प्रस्तुत गर्दै खेलको ६२ औँ र ६४ औँ मिनेटमा दुई मिनेटको अन्तरालमै दुई गोल गर्यो। नेपालको खेल संयोजन कमजोरीको राम्रै फाइदा उठायो म्यानमारले। पहिलो गोल व्यक्तिगत क्षमताबाट आयो भने दोस्रो गोल डिफेन्सिभ त्रुटिका कारण भयो।
बुधवारको खेलमा नेपालको खेलमा योजनाबद्ध आक्रमण र रक्षात्मक समन्वयमा कमजोरी देखियो। १५ हजार दर्शक स्टेडियममाहुँदा फाइनल जित्नै पर्ने दबाब थेग्न नेपाली महिला खेलाडीलाई ग्राहै पर्यो। पछिल्ला तीन वर्षमा लगातार तेस्रो पटक फाइनल गुमाएको हो नेपालले। यसले नेपालको मानसिक तयारीको कमी देखियो।
म्यानमारको खेल हेर्दा उनीहरूको रणनीति स्पष्ट थियो,पहिलो हाफमा नेपाललाई थकित बनाउन] र दोस्रो हाफमा आक्रमण तेज पार्ने। उनीहरूको फिजिकल फिटनेस, बल नियन्त्रण कला, र अवसर सदुपयोग गर्ने क्षमताले नेपाललाई हराउन सफल भयो। फिफा वरियतामा नेपाल १०३ औँ स्थानमा छ भने म्यानमार ५५ औँ स्थानमा।
१३ औँ पटक पनि उपाधिबाट टाढै
बुधवार फाइनलमा नेपाल हारेको सङ्ख्या जोड्दा १३ पटक पुग्यो। नेपाल यसअघि १२ पटक फाइनलमा हारिसकेको थियो। नेपाल सबैभन्दा धेरे साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा पराजित भएको छ।
अहिलेसम्म नेपाल साफमा ६ पटक फाइनलमा पुग्यो र ६ पटक नै हार्यो। दक्षिण एसियाली खेलकुद (साग), हिरो गोल्ड कप, नादेज्दा कप, वाफ वुमन्स च्याम्पियनसिपमा फाइनलमा पुगेर पराजित भएको नेपाल इन्टरनेसनल वुमन्स च्याम्पियनसिपमा पनि फाइनलमै पुगेर पराजित भयो
ताजा समाचार
लोकप्रिय
© 2025: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal