

लिस्बन – नेपाली सांगीतिक र नृत्य प्रतिभाको खोजी गर्दै ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो संस्करणको युरोप अडिसनको तयारी पूरा भएको छ। आगामी फेब्रुअरी १६ मा पोर्चुगलको राजधानी लिस्बनमा यो अडिसन आयोजना हुने आयोजकले जनाएको छ।
इन्टरनेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाद्वारा आयोजित यस प्रतियोगितामा गायन र नृत्यतर्फ निर्णायकको भूमिका निर्वाह गर्न अर्जुन सुनाम, केशव पौडेल, रुपेश उप्रेती, र देवी गर्वुजा लिस्बन आइपुगेका छन्। आयोजकका अनुसार, प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो।
प्रतियोगिताका विजेताहरूले आकर्षक नगद पुरस्कार जित्नेछन्। दुवै विधातर्फका प्रथम स्थान प्राप्त गर्नेहरूले १-१ करोड रुपैयाँ नगद पुरस्कार पाउनेछन्, भने दोस्रो हुनेले २५(२५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। अडिसनबाट छनोट भएका प्रतिभाहरूको अन्तिम प्रतिस्पर्धा भने नेपालमा हुने छ।
यस अडिसनमा १६ वर्ष उमेर पुगेका नेपाली भाषी प्रतिभाहरूले भाग लिन सक्नेछन्। आयोजकले यस प्रतियोगिता नेपाली प्रतिभाशाली कलाकारहरूको अन्तर्राष्ट्रिय स्तरमा उचाइ बढाउने महत्त्वपूर्ण अवसर भएको जनाएको छ।
ताजा समाचार
लोकप्रिय
© 2025: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal