लिस्वन – पोर्तुगलमा विभिन्न समयमा नेपाली कलाकारहरुको साथमा सांगितिक कन्र्सटको आयोजना गर्दै आएको इभेन्ट आयोजक आइ पर्पसले लिस्वनमा पुन एकपटक सांगितिक कन्र्सट आयोजना गर्ने भएको छ ।

नेपाली रकव्याण्ड १९७४ एडि ब्याण्डका मुख्य गायक एड्रिन प्रधानको साथमा आइ पपर्सले उक्त साँगितिक कन्सर्ट गर्ने भएको हो ।

आगामी अक्टोबर ३० को दिन लिस्वनमा गर्न लागिएको कार्यक्रमा गायक प्रधानका साथै यहाँ स्थित कलाकारहरुको पनि आफ्नो प्रस्तुती दिने छन् ।

“हामीले यस भन्दा अघि पनि विभिन्न समयमा नेपालका ख्याती प्राप्त गायकहरुको साथमा सफल रुपमा साँगितिक कार्यक्रमहरु आयोजना गरिसेका छौँ, आशा छ यो कार्यक्रम पनि भव्य र सभ्यरुपमा सफल हुनेछ”, आयोजक आई पपर्सका जेक सुजन आचार्यले भने ।

सम्बोधन, सक्दिन, पिँजडाको सुगा, चौबन्दी चोली, गुँरासै फुल्यो बनैमा, सम्झि बस्छु, परेलीमा लगाएत दर्जनौँ हिट गितका गायक हुन प्रधान । प्रधानसंगै फिरोज स्याङदेन, मनोज कुमार केसी, निराकार याक्थुम्बा, संजय श्रेष्ठ, रोहित जंग क्षेत्री, प्रज्वल मुखिया लगाएतका तत्कालिन ज्ञानोेदय स्कुल ललितपुरमा अध्यायनरत युवाहरु मिलेर स्थापना गरिएको रक, हेभी मेटल र ब्लुज संगितलाई अँगालेको व्याण्ड हो १९७४ एडी ।

९०को दशको शुरुवाती दिनहरुबाट शुरु भएको यो व्याण्डको साँगितिक यात्रा निकै सुखद छ । विशेष गरी युवाहरुमाझ लोकप्रिय यस व्यण्ड र यसका गायक प्रधानलाई नेपाली रक संगितका आइकोनिक व्यक्तिको रुपमा पनि चित्रण गर्ने गरिन्छ ।

टिकटमा विशेष अफर
कार्यक्रमका लागि पछाडी, अगाडी र बाल्कोनी गरी तीन श्रेणीमा टिकटको दर तोकिएको छ, जस्मा बाल्कोनीका लागि ३० युरो, अगाडी लाइनको लागि २५ युरो र पछाडीको लाइनका लागि २० युरो तोकिएको आयोजकले जनाएको छ । तर, १५ अक्टाबर भन्दा अघि अनलाईन मार्फत टिकट काट्नेहरुको लागि विशेष अफर स्वरुप अगाडी लाइनको टिकट २० युरोमानै उपलब्ध गराउने बताइएको छ । त्यसैले बेलैमा अनलाईन मार्फत विशेष छुट सहित आफ्नो टिकट सुरक्षित राख्न सबैमा जानकारी समेत गराइएको छ । यो अफर १५ अक्टोबर सम्मको लागि मात्र उपलब्ध हुनेछ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय