माेन्तिजाे – नेपाली  महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पोर्चुगलमा रहेका नेपालीहरुले दर खाने कार्यक्रमको आयोजना गरेका छन्।

मोन्तिजो नेपाली समाजको आयोजनामा शनिबार आयोजित कार्यक्रममा झण्डै सय जना महिलाहरुको सहभागीता रहेको सचिब प्रबल भट्टराईले जानकारी दिए।आफ्नो देशबाट टाढा रहेपनि आफ्नो संस्कृतिको पुनर्ताजगी र प्रचारका लागि दर कार्यक्रमको आयोजना गरिएको सचिब भट्टराईको भनाई छ। सहभागीहरुले नेपाली महिलाको पहिरनसहित तीजका गीतमा नृत्य गरेर रमाइलो गरेका थिए।

सचिब भट्टराईका अनुसार मोन्तिजो नेपाली समाज पोर्चुगलमा वैदेशिक रोजगारीमा कार्यरत नेपालीहरुको साझा संस्था हो।यसले दु:ख पीडामा परेका नेपालीहरुको हितमा काम गर्दै आएको भट्टराईले बताए।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय