

काठमाडौँ- एसीसी एसिया कप क्रिकेट प्रतियोगिताको फाइनल खेलका लागि सबै टिकट बिक्री भएको छ ।
श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा स्टेडियममा हुने फाइनलमा भारत र घरेलु टोली श्रीलंका भिड्दैछन् । भारत र श्रीलंकाबीचको खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजेबाट सुरु हुनेछ ।
भारत र श्रीलंकाबीच हुने फाइनल खेलका लागि तय गरिएको सम्पूर्ण टिकट बिक्री भएको श्रीलंका क्रिकेटले जनाएको छ ।
सर्वाधिक सफल टिम भारत आठौंपटक एसिया कपको उपाधि उचाल्न चाहन्छ भने श्रीलंका सातौंपटक उपाधि जित्ने होडमा छ ।
ताजा समाचार
लोकप्रिय
© 2023: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal