राेबट लिम्बु
आदरणीय गैरआवासीय नेपाली संघका अग्रज, अभियन्ता महानुभावहरु तथा तमाम गैरआवासीय नेपालीजनहरूमा हार्दिक नमस्कार !
गैरआवासीय नेपालीहरुको हकहितका लागि २००३ मा “नेपालीका लागि नेपाली” भन्ने मूल नाराकासाथ स्थापित गैरआवासीय नेपाली संघ प्रवासमा रहेका लाखौं नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित भइ निरन्तर क्रियाशील रहँदै आएको छ भने यसको अन्तर्राष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशन आगामी १७-२० अक्टोबर २०२३ काठमाडौ हुने कुरा तय भएको छ ।
म एकदसक भन्दा बढी समयदेखि पोर्चुगललाई कर्मथलो बनाई रेस्टुरेन्ट र हस्पिटालिटी व्यवसायमा आवद्ध छु साथै हाल युनिभर्सिटी अफ लिस्बनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारधि पनि गरिरहेको छु । गैरआवासीय नेपाली संघको अभियानमा एकदसकबाट सक्रियतापूर्वक विभिन्न समयमा संघको नेतृत्वदायी भूमिकामा क्रियाशील रहँदै आएको कुरा यहाँहरु सबैमा निवेदन गर्न चाहन्छु ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको सदस्य, संरक्षक, सल्लाहकार, सेन्ट्रल टास्क फोर्स मेम्बर पोलिसी एंड प्रोसीड्युर्स हुँदै अहिले युरोप क्षेत्रको युवा उपसंयोजक (YDRC) को रूपमा जिम्मेवारी निर्वाह गरिरहेको छु। आगामी दिनमा “एकपटकको नेपाली सधैंको नेपाली” भन्ने संघको मुल उदेश्यलाई आत्मसात गर्दै दोश्रो पुस्तालाई यो अभियानमा जोड्ने, नेपालसंग अभिछिन्न साइनो कायम गर्ने, बंशजको नागरिकताको निरन्तरता मात्र एक विकल्प हो भन्ने यथार्थलाई बोध गर्दै नागरिकताको निरन्तरताको लागि निरन्तर पहलकदमी तथा अभियान बुलन्द गर्ने र यहाँहरुको विश्वास मायालाई आत्मसाथ गर्दै आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर संस्था तथा पदले दिएको जिम्मेवारी र समाजप्रतिको मेरो आफ्नो कर्तव्यलाई मनन गर्दै अनवरत रुपमा सामाजिक अभियानमा क्रियाशील हुने प्रतिवद्दता व्यक्त गर्दछु ।
गैरआवासीय नेपाली संघ र हाम्रो समुदाय तथा मातृभूमिप्रति केही योगदान दिने सदिक्षा राखी आगामी महाधिवेशन २०२३-२५ कार्यकालको लागि मैले अन्तर्राष्ट्रिय समन्वय परिषद युरोप क्षेत्रको उपसंयोजक(DRC) पदमा उम्मेदवारी दिने कुरा यहाँहरु सबैमा विनम्र जानकारी गराउन चाहन्छु । सम्पूर्ण अग्रज,अभियान्ता महानुभावज्यूहरु,सहकर्मी तथा शुभचिन्तक साथीहरु, युरोप क्षेत्रको राष्ट्रिय समन्वय परिषदका अध्यक्ष तथा कार्य समितिका साथीहरु र सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरु, पत्रकार मित्रहरुमा साथ, सहयोग, समर्थन, सद्भाव र सुभेच्छा प्रदान गरिदिनुहुन विनम्र निवेदन गर्दछु ।
रोबोट लिम्बू
युरोप उपसंयोजक(DRC) पदको उम्मेदवार (२०२३-२५)
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद ।
whatsapp :-351 924736829
Email :- roborove@yahoo.com
हाल :
युवा उपसंयोजक युरोप(२०२१- २०२३)
पूरा गरिसकेका जिम्मेवारीहरु :
सेन्ट्रल टास्क फोर्स मेम्बर पोलिसी एंड प्रोसीड्युर्स (२०१९-२०२१)
सल्लाहकार(२०१९-२०२१)
गैरआवासीय नेपाली संघ पोर्चुगल
संरक्षक(२०१७-२०१९)
गैरआवासीय नेपाली संघ पोर्चुगल
सदस्य (२०१५-२०१७)
गैरआवासीय नेपाली संघ पोर्चुगल
ताजा समाचार
लोकप्रिय
© 2025: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal