लिस्वन – गैरआवासीय नेपाली संघ पोर्तुगलका निवर्तमान अध्यक्ष रविन अधिकारीले संघ आसन्न महाधिवेशनमा युवा संयोजकमा उम्मेद्वारी दिने भएका छन् ।

गत दुई बर्ष (२०२१-२०२३) को कार्यकालमा संघको पोर्तुगल अध्यक्षको जिम्मेवारी सम्हालिसकेका अधिकारी त्यही अनुभव र सिकाइको आधारमा आफु आगामी महाधिवेशनबाट युवा संयोजकको भुमिकामा जान चाहेको बताए । त्यस भन्दा अधि पनि संघको अन्तराष्ट्रिय समन्वय परिषद्को सदस्य भइसकेका अधिकारी आफ्नो सोच र भिजनलाई संघ मार्फत प्रतिविम्वित गर्न चाहेको र त्यसको लागि आफुले उक्त पदमा जान चाहेको बताए ।

केही अप्ठ्यारो परिस्थितीका वीच पोर्तुगलमा नेतृत्वदायी भुमिका निर्वाह गर्दा समन्वय र सहकार्य कसरी गर्न सकिन्छ भन्ने कुरामा पनि आफुलाई अनुभव भएको उनले बताए । दुइ दुइ वटा एनआरएनए अस्तित्वमा रहेको तथा संस्थाको नेतृत्व लिँदै गर्दा प्रतिकुल अवस्था भएको भएपनि विना विवाद उनले कुशल ढंगले संस्थाको नेतृत्व गरेका थिए ।

यसैको जगमा आफुले केन्द्रमा युवा संयोजकको जिम्मेवारी पाए कुशल ढंगले निर्वाह गर्न सक्ने, साथै विश्वभरी छरिएर रहेका नेपाली युवा जनशक्ति, युवा व्रेनलाई राष्ट्रहितको पक्षमा लगाउन आफुले समन्वयकारी भुमिका खेल्ने बताए ।

अधिकारीले पछिल्लो समय संघप्रति देखिएको केही नकारात्मक धारणाहरुलाई चिरेर अघि बढ्न, युवाहरुको उत्साहपुर्ण सहभागी गराई संघलाई नयाँ ढंगले अगाडी बढाउने आफ्नो उद्देश्य रहेको स्पष्ट पारे ।

२०११-१३ मा बेल्जियमको राष्ट्रिय समन्वय समितिबाट एनआरएनएको जिम्मेवारीमा आएका थिए । त्यसपछि २०१७-१९ मा युवा संयोजक, पोर्तुगल र २०१९-२१ मा आसिसि सदस्य भइसकेका अधिकारी यस पटक केन्द्रीय युवा संयोजकमा आफुलाई अघि सार्ने प्रयास गरेका हुन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय