काठमाडौं – अर्थमन्त्री डा. प्रकाश शरण महतले सांसद विकास कोष कुनै एक व्यक्तिलाई नभई निर्वाचन क्षेत्रको विकासका लागि दिइएको स्पष्ट पारेका छन् ।

आगामी आर्थिक वर्षको बजेट मार्फत अर्थमन्त्री महतले एक निर्वाचन क्षेत्र ५ करोड रुपैयाँ दिने बताएका थिए । व्यापक विवादित सांसद विकास कोष ब्युँताइएको भन्दै यसको विरोध भइरहेको छ ।

मङ्गलवार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री महतले भने, ‘हाम्रो बजेटमा विदेशी सहयोगको निश्चित ठाउँमा खर्च हुन्छ । कतिपय ठाउँमा छुटिरहेको हुन्छ । १६५ निर्वाचन क्षेत्रमै केही न केही जाओस् भन्ने मनसायले यो व्यवस्था गरिएको हो । यसमा संसद्ले सिफारिस मात्र गर्ने हो । जाने त त्यही जनतामै हो । व्यक्तिगत रुपमा पैसा बाँडेकाे हाेर?’ उनले प्रश्न गरे ।

यसमा संसद्ले १ करोड भन्दा कमका आयोजना सिफारिस गर्न पाउने छैनन् । एक निर्वाचन क्षेत्र बढीमा ५ आयोजना सिफारिस हुनेछ ।

सरकारले ब्युँताएको सांसद विकास कोषमा राज्यको ८ अर्ब २५ करोड रुपैयाँ खर्च हुनेछ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय