बाँदरले मकैलगायतका अन्नबाली सखाप पारेपछि क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका हुन्। बाँदरले नष्ट गरेको मकैको बिरुवाको माला लगाएर किसानहरुले धादिङबेशीमा नारा लगाउँदै सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । कृषि ज्ञानकेन्द्र, बन डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालयमा पुगेर १० दस वर्षदेखिकाे बाँदरको समस्याले पिरोलिएकोले नियन्त्रणकाे माग गरेका छन् ।

उनीहरूले कृषि मन्त्री राजीनामा दे, अन्नबालीको क्षतिपूर्ति दे, बाँझो बारीको कर तिर्दैनौ, बाँदरले खाएपछि हामी के खाने भन्ने लगायतका नारा लगाएका थिए ।किसानहरुले कृषि ज्ञान केन्द्र, डिभिजन वन कार्यालयमा बाँदर नियन्त्रण गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

बाँदर बस्तीमा प्रवेश गरेर अन्नबालीमा क्षति गरेपछि स्थानीय समस्यामा परेका छन् । बाँदरले खेतबारीमा मात्रै नभएर घरमा राखेको अन्नबालीमा समेत क्षति गरेको नीलकण्ठ नगरपालिका वडा नं ९ का तिल प्रसाद लम्सालले बताउनुभयो ।विगत १० बर्षदेखीदेखी नै यो समस्या भोग्दै आएको भन्दै उहाँले राज्यले यसको क्षतिपूर्ति दिने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय