लिस्वन – गैर आवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक डा शेष घलेले एनआरएनए सांगठनिक किचलाे भन्दा माथिल्लाे अवधारणाबाट जन्मेकाे संगठन भन्दै अनावश्यक विवाद हुनु दुखद भएकाे बताएका छन् ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलद्वारा सोमबार राजधानी लिस्बनमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा घलेले आफू संसारभर छरिरहेका नेपालीहरुलाई एकताबद्ध गर्ने अभियानमा रहेकाे बताए । त्यसकालागि सबै संस्थागत रुपमा आवद्ध हुनुपर्छ भन्ने नरहेकाे पनि बताए ।

उनले आफ्नाे नेतृत्वमा ‘भिजन २०२० एण्ड वियोण्ड’ कार्यक्रम ल्याएको स्मरण गर्दै उहाँले संघमा विवादको अन्त्य होस् भनेरै विधान संशोधन गरेर विवादरहित संस्थाको परिकल्पना गरिएको बताए ।

आफू एनआरएनएकाे आन्तरिक कलहमा भन्दा पिन जलवायु परिवर्तन, नवीकरणीय ऊर्जा र ग्रीन हाईड्रोजनकाे बारेमा महत्वपुर्ण छलफल हाेस्, विश्वव्यापी रुपमा यसले पार्ने असर र चुनाैतिकाे बारेमा विश्वले ध्यान केन्द्रित गरिरहँदा नेपाल पनि त्यसकाे महत्वपूर्ण हिस्सा हुन केन्द्रित हुनुपर्ने बताए । घलेले यस विषयमा विश्व बैंङ्क तथा अन्य विदेशी नियोगका अधिकारीको सहभागीतामा नेपालमा हाईड्रोजन सम्मलेन सम्पन्न गरी सोही क्षेत्रमा आफूले काम गरिरहेको जानकारी दिए ।

संघका केन्द्रीय उपाध्यक्ष थर्क सेनले संघको एकताका लागि सहमतिका बुँदा तय गरिएको भन्दै एक भएर अगाडि बढौँ भन्ने भावनाका साथ आफूहरू लागि परेको बताए । संघका निवर्तमान उपाध्यक्ष सोनाम लामाले संस्थागत स्वार्थभन्दा व्यक्तिगत स्वार्थ हाबी हुँदा संघ विभाजनमा पुगेको उल्लेख गरे ।

संघका युरोप सलल्लाहकार विश्वास दीप तिगेला र युरोप संयोजक उल्का घिमिरेले संघको एकताका लागि पहल भईरहेकाे बताए ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ पोर्चुगलका पूर्वअध्यक्ष रमेशकुमार गुरुङ, पूर्वआईसिसी सदस्य धनराज शेर्पा, पूर्वआईसीसी सदस्य नारायणकाजी मगर, प्रवासी नेपाली मञ्चका अध्यक्ष राजाराम लामिछाने, नेपाली जनसम्पर्क समितिका सुनिल ढुङ्गाना, नेपाली जनप्रगतिशील मोर्चाका महासचिव प्रदिप अधिकारी, नेपाली महिला समाजकी अध्यक्ष माया खरेल, ताामाङ समाजका सुजन लामा, पत्रकार योगेन्द्रमिलन छन्त्याल, शान्ति अर्याललगायतले आफ्नाे धारणा राखेका थिए ।

कार्यक्रम संघका अध्यक्ष सोमफुरी शेर्पाको अध्यक्षता, उपाध्यक्ष निर्मला ढकालको स्वागत तथा महासचिव सुमन शर्मा चम्लागाईंको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय