

काठमाडाैँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्वप्रधानमन्त्रीहरूलाई संसद् छेदखानी गर्न थलो नबनाउन सुझाव दिएका छन्।
लामो समयदेखि राजनीति गरेका पूर्वप्रधानमन्त्रीहरूले आफ्नो पालामा यो गरेँ भनेर एकअर्कालाई छेदखानी गर्ने थलो संसद्लाई बनाएको भन्दै उनले ३० वर्षमा केही विकास नभएको बताए। उनले पूर्वप्रधानमन्त्रीहरूले दाबी गरेजस्तो अवस्थामा देश नपुगेको बताए।
३० वर्षको मूल्यांकन गर्दा एकअर्कालाई छेदखानी गर्न आवश्यक छैन। एकअर्काको घरमा जानुहोस् वा गफ गर्नसोस्। महतत्वपूर्ण आशा गरेको संसद्को दुरुपयोग नगर्नुहोस्,’ उनले भने,’अब चिया खाने थलो परिवर्तन गर्नुहोस्। चिया खान हाम्रो घरमा आए पनि हुन्छ। नयाँ सांसद नयाँ दललाई भेटघाट गर्नुस्
यो ३० वर्षमा। ३० वर्षअगाडि हाम्रो बजेटमा १०० रट्ठपैयाँमा ३० रुपैयाँको तलब खुवाउँदा रहेछौँ। अहिले ठ्याक्कै ७० रुपैयाँको तलब खुवाउने। ३० रुपैयाँमा बजेटमा खर्च गर्ने होइन छुट्टाउने। अहिले तपाईंहरूले दाबी । यो अवस्थामा हामी आएका छौँ। ३० वर्षको मूल्यांकन गर्दा एकअर्कालाई छेदखानी गर्न आवश्यक छैन। एकअर्काको घरमा गएर चिया खाएर मजाले कुराकानी गर्नुस्। यो जनताले आशा गरेको महतत्वपूर्ण संसद्को दुरुपयोग नगर्नुहोस्।’
उनले संसद्लाई चिया खाने थलो नबनाउन अनुरोध गर्दै बरु चिया खाने ठाउँ नभए आफ्नो घरमा आउन आमन्त्रण गरे। ‘चिया खाने ठाउँको अभाव छ भने बरु हामी नयाँ नेताको घरमा आउनुस्, केही फरक पर्दैन,नयाँ सांसद र नयाँ दललाई भेटघाट गर्नुस्, यसो गरे नयाँ अभ्यास हुन्छ,’ उनले भने।
३० वर्षको समीक्षा गर्दा पहिले ७० प्रतिशत बजेट विकासमा र ३० प्रतिशत तलब खुवाउन विनियोजन हुने गरेकोमा अहिले ७० प्रतिशतसम्म बजेट तलब खुवाउन छुट्टाउन थालिएको उनले बताए।
‘३० वर्षअगाडि हाम्रो बजेटमा १०० रूपैयाँमा ३० रुपैयाँको तलब खुवाउँदा रहेछौँ। अहिले ठ्याक्कै ७० रुपैयाँको तलब खुवाउने, ३० रुपैयाँमा बजेटमा, त्यो पनि खर्च गर्ने होइन छुट्टाउने,’ उनले भने।
उनले ३० वर्षमा के गर्नसक्नुभयो भन्ने जान्न सरकारी अस्पताल र विपन्न बालबालिका पढ्ने सरकार स्कुलमा जान पनि पूर्वप्रधानमन्त्रीहरूलाई सुझाव दिए।
ताजा समाचार
लोकप्रिय
© 2023: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal