

- राजकुमार थापा,
लिस्बन- नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मंच पोर्चुगलको आयोजनामा मंचको अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष संजय थापाको प्रमुख आतिथ्यतामा संगठन सुदृढीकरण अन्तर्गतको मिसन ग्रासरुट कार्यक्रम पोर्चुगलको लिस्बनमा प्रभावकारी र भव्य रूपमा सम्पन्न भएको छ ।
हिजो १८ मे बिहीबारका दिन सम्पन्न कार्यक्रममा प्रवासी नेपाली मंच पोर्चुगलका अगुवा कार्यकर्ताहरुको बाक्लो र उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष थापाले देश विदेशको समसामयिक राजनीति, संगठनले लिएको वर्तमान नीति, आगामी दिनमा खेल्नुपर्ने भूमिका र मिसन ग्रास रुटको उदेश्यबारेमा प्रकाश पार्नु भएको थियो ।
गैर आवासीय नेपालीबीच प्रवासी नेपाली मंच सबैभन्दा व्यवस्थित र ससक्त संगठन रहेकोले समाजको नेतृत्व गर्ने गरी सामाजिक र सांगठानिक काम गर्न अध्यक्ष थापाले आग्रह र निर्देश गरे । उक्त कार्यक्रमलाई भर्चुअल माध्यमबाट अन्तर्राष्ट्रिय कमिटी उपसचिव तथा मिसन ग्रासरुट कार्यक्रमका इन्चार्ज चानक पोखरेलले पनि सम्बोधन गरेका थिए ।
प्रवासी नेपाली मंच राष्ट्रिय कमिटी पोर्चुगलका अध्यक्ष राजाराम लामिछानेको अध्यक्षता, अन्तर्राष्ट्रिय कमिटी प्रचार विभाग सदस्य शान्ति अर्याल अधिकारीको स्वागत र सचिव दीपक खत्रीको संचालनमा सम्पन्न कार्यक्रममा अतिथिको रूपमा अन्तर्राष्ट्रिय कमिटी सम्बद्ध मेडम पुनम थापा, अन्तर्राष्ट्रिय कमिटी विद्यार्थी विभाग सचिव रोबोट लिम्बू, मंचका युरोप महिला विभाग प्रमुख निर्मला ढकाल, युरोप प्रचार विभाग उपप्रमुख राजकुमार थापा, युरोप युवा विद्यार्थी विभाग सचिव अमृत रिजाल, प्रवासी नेपाली मंच पोर्चुगलका सल्लाहकार समितिका अध्यक्ष प्रेम खड्का, सदस्य हेमराज सुवेदी, प्रवासी नेपाली मंच पोर्चुगलका विभिन्न विभाग प्रमुख तथा नेतृत्वकर्ताहरु सुमन शर्मा चौलागाईं, राजु डुम्रे, दिनेश खड्का, शिवसागर बुढाथोकी, मिलन रेग्मी, सुमनबविक्रम सिलवाल, सागर लामिछाने, सुरज विष्ट, नवीन थापा, मन्जु अधिकारी लगायतका अगुवा नेता कार्यकर्ताहरुको सक्रिय अगुवाई र सहभगिता रहेको थियो ।
सो अवसरमा पोर्चुगलका युवाहरू अन्य संघ-संस्था छोडेर प्रवासी नेपाली मंचमा प्रवेश गरेका थिए । उनीहरूलाई अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष संजय थापाले अविर खादा लगाएर स्वागत गरेका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2023: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal