

“विषम परिस्थितिमा पनि उल्लेखनीय काम गर्याैँ” – एनआरएनए पाेर्तुगलका अध्यक्ष अधिकारी
लिस्वन – गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष महेश श्रेष्ठले एकता र सहकार्यबाट मात्रै संघको उद्देश्य प्राप्त गर्न सकिने संघको बताएका छन् । वर्तमान अवस्थामा केन्द्रदेखी विभिन्न देशका राष्ट्रिय समन्वय समितिमा विवादहरु देखा परिरहेकाे र यसैकाे कारण संघ आफ्नाे उद्देश्य प्राप्तीकाे बाटाेमा केही अलमल भएकाे जस्ताे देखिएकाे पनि बताए ।
गैर आवासीय राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको कार्यालय उद्घाटन गर्न आइतबार लिस्बन आइपुगेका श्रेष्ठले पछिल्लाे समय बढेको बेमेलका कारण जनता र सरकारले संघप्रति अविश्वास गरेको समेत बताए ।
आवरणमा संघकाे दुइवटा समिति जस्ताे देखिएपनि आधिकारीक रूपमा एउटै भएकाे र असन्तुष्ट पक्षहरुलाइ समेटेर आगामी महाधिवेशन एकताकाे महाधिवेशनकाे रुपमा परिणत गर्न सक्दाे प्रयास गरिरहेकाे पनि बताए ।
साेही कार्यक्रममा बाेल्दै संघका सचिव गंगाधर गौतमले आगामी जुनको अन्त्यसम्ममा गैरआवासीय नेपाली संघको एकता प्रयास जारी रहकाे खुलासा गरे ।
उद्घाटन समारोहमा संघको युरोप संयोजक चिन्तामणि सापकोटले फरक प्रसंगमा पाेर्तुगलमा दुतावास स्थापनाकाे लागि संघ लागि परेकाे र यसका लागि पाेर्तुगलमा रहेका सम्पुर्ण संघसंस्थाहरुले एक भएर सामुहिक रुपमा अभियान चलाउनु पर्ने धारणा राखे ।
गैरआवासीय नेपाली संघ पोर्तुगलका अध्यक्ष रविन अधिकारीले विषम परिस्थितिका बाबजुत पाेर्तुगलमा मानवीय क्षेत्रमा उल्लेखनीय काम गरेकाे जानकारी दिए । असहज परिस्थितिका बाबजुत पनि आफ्नाे कार्यकालमा २० भन्दा बढी शवहरुकाे व्यवस्थापन गरेकाे, त्यतीनै मात्रामा विरामी र अप्ठ्याराेमा परेकाहरुलाई सहयाेग गरेकाे बताए ।
आफुहरु संघमा रहेर राजनीति गर्नुभन्दा पनि जुन उद्देश्यले नेतृत्वमा पुगेकाे थियाे साेही अनुसार काम गरिरहेकाे, याे वीचमा संघलाई एकताबद्ध बनाउन आफ्नाे तर्फबाट हदैसम्मकाे लचकता अपनाईरहेकाे पनि बताए ।
कार्यक्रममा युरोप उपसंयोजक तिलक गैरे,युरोप युवा उपसंयोजक रोबोट लिम्बू,पर्यटनदूत तथा पूर्व अध्यक्ष रमेश गुरुङ,पूर्वअध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, पुर्व आइसिसी सदस्य नारायणकाजी मगर, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष हेम गुरुङ लगायतको उपस्थिति रहेको सो कार्यक्रम अध्यक्ष रविन अधिकारीको अध्यक्षता र महासचिव राजकुमार थापाको संचालनमा सम्पन्न भएको थियो ।
जनसम्पर्कलाई सहज बनाउन लिस्बनको आरोइसमा कार्यालय स्थापना गरिएको संघकाे कार्यालय संचालनमा आएकाे छ ।
ताजा समाचार
लोकप्रिय
© 2023: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal