

काठमाडाैँ – पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् ।
नेपाली कांग्रेसका नेता समेत रहेका खाण आज विहान निवासबाट नै पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।
उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका थिए ।
दुई दिनअघि खाणलाई बोलाएको बेला हाजिर हुने शर्तमा प्रारम्भिक बयान लिएर कागज गरी छाडिएको थियो ।
खाडसँगै उनका स्वकिय सचिव नरेन्द्र केसी पनि प्रहरी नियन्त्रणमा छन् ।
यसअघि यहि प्रकरणमा सचिव टेकनाराण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रिजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप लगायत पक्राउ परिसकेका छन् ।
एमाले सचिव रायमाझी फरार रहेका छन् ।
गृहसचिवको जिम्म्मेवारीमा रहेका सचिव सिंह तत्कालिन गृहमन्त्री बालकृष्ण खाणले ८ महिना अघि कोशी प्रदेश प्रमुख सचिवबाट एकै पटक सरुवा गरेर गृह सचिवको जिम्मेवारी दिएका थिए ।
२०७९ असारमा सहसचिवबाट सचिवमा बढुवा भएपछि सिंहको गृह मन्त्रालय दोस्रो निकाय हो ।
ताजा समाचार
लोकप्रिय
© 2023: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal