

लिस्वन – गैरआवासीय समन्वय परिषद् पाेर्तुगलका अध्यक्ष रविन अधिकारी नेतृत्वकाे टाेलीले पाेर्तुगलमा राजदुतावास स्थापनाकाे माग राख्दै परराष्ट्रमन्त्री एनपी सावदलाई एक ज्ञापन पत्र बुझाएकाे छ ।
चेक रिपब्लिककाे राजधानी प्रागमा सम्पन्न गैर आवासीय नेपाली समन्वय परिषद्काे १५ ओैँ युराेपियन क्षेत्रिय सम्मेलनकाे उद्घाटनसत्रमा सहभागी हुन आएका मन्त्री सावदलाइ अध्यक्ष अधिकारी, महासचिव राजकुमार थापा सहितकाे टाेलीले उक्त ज्ञापनपत्र बुझाएकाे हाे ।
नेपाल र पोर्चुगलको द्विपक्षीय सम्बन्ध स्थापना भएको ४७ बर्ष पुगिसकेको छ र हाल पोर्चुगलमा करिब ५०-६० हजार नेपालीहरु बसाेबास गरिरहेकाे अवस्थामा राजदुतावासकाे टड्काराे आवश्यकता रहेकाे पत्रमा उल्लेख गरिएकाे छ ।
साथै, युरोपमा नै पोर्चुगल आप्रवासीका लागि अरु देश भन्दा उदार रहेकोले अहिले नेपालीहरुको संख्या पनि दिनहुँ बढिरहेकाे भन्दै, संख्यासंगै समस्याहरु पनि वृद्धि भइरहेकाे तथा उल्लेख्य मात्रामा नेपालीको बसोबास भएर पनि पोर्चुगलमा नेपाल सरकारको सरकारी निकाय नहुँदा ठूलो कठिनाई उत्पन्न भएको उल्लेख छ ।
साेही अवसरमा पोर्चुगलका नेपालीहरुले भोगिरहेको राहदानीको समस्यालाई सम्बोधन गर्दै नेपाल सरकार परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायले पोर्चुगलमा एकमहिना लामो शिविर संचालन गरेकोमा पाेर्तुगलमा रहेका सम्पुर्ण नेपालीकाे तर्फबाट धन्यवाद समेत दिएका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2023: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal