

काठमाडौं – शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज मनाइँदैछ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।
बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ ।
यसैवीच, अवैतनिक महावाणिज्य दुतकाे कार्यालय लिस्वनले पनि २५६७ औँ बुद्ध जयन्तीको अवसरमा ५ मे २०२३ को दिन पोर्चुगलको राजधानी लिस्वनमा बृहत शोभा यात्राको आयोजना गर्ने भएकाे छ ।
बुद्ध जयन्तीको शोभा यात्रालाई सभ्य र भब्य रुपमा सम्पन्न गरि प्रबासमा बुद्धभुमि नेपाल र नेपालीको पहिचानको प्रचार–प्रसार गर्ने यस अभियानमा सरिक हुन पोर्चुगलबासी सम्पूर्ण नेपाली बुवाआमा, दाजुभाई तथा दिदीबहिनी सबैमा सादर अनुरोध समेत गरेकाे छ ।
भगवान बुद्धको पुजा बिहान १० बजेदेखि Rua Alvaro Coutinho 2B मा सुरु हुनेछ भने सोही दिन दिउँसो ३ बजेदेखि प्रासा दि कमर्सियोबाट सुरु हुने शोभा यात्रा विभिन्न स्थान हुँदै मार्टिम मुुनिजमा आएर कोण सभामा परिणत हुनेछ ।यस अवसरमा यहाँस्थित सम्पूूर्ण संघ संस्था, नेपाली समुदाय, सामाजिक अभियन्ता, व्यवसायी, बुद्धिजीवि, पत्रकार लगायत सम्पूर्णलाई भगवान बुद्धको फोटो र बुद्ध उपदेश अंकित प्ले कार्ड, नेपालको राष्ट्रिय झण्डा र आ–आफ्नो समुदायको भेषभूषामा उपस्थित भई शोभा यात्रालाई भब्य र आकर्षक बनाउन आ–आफनो स्थानबाट सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरेकाे छ । शोेभा यात्रामा उत्कृष्ट भेषभूषा, लाइन व्यवस्थापन गर्ने, कला संस्कृति झल्कने झाँकी प्रदर्शन गर्ने समुहलाई पुुरस्कृृत गरिने पनि जानकारी दिईएकाे छ ।
ताजा समाचार
लोकप्रिय
© 2025: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal