नेप्लिज टिभिडिइ समूह पोर्तुगलले आयोजना गरेको प्रथम टिभिडिइ कप फुटबलको उपाधी वेलायतको बिवानसी (B1C) क्लबले जितेको छ । गत आइतबार भएको प्रतियोगितामा फाइनलमा B1C ले पोर्तुगललको नेफ्जोन फुटबल क्लबलाई पराजित गरी उपाधी जितेको हो । उपाधीसंगै B1C ले नगद २५२५ युरो र कप हात पार्यो ।

आइतबार ढिलो गरी सम्पन्न फाईनलमा निर्धारित समयमा दुवै टोलीले ३ -३ गोलको बराबरी खेलेपछि टाइब्रेकरबाट उपाधी विजेताको टुङ्गो लगाइएको हो ।

यसअघि विजेता द्यज्ञऋ ले सेमीफाइनलमा आयोजक टिभिडिइलाइ ३- ०को गोलअन्तरले पराजित गरी फाइनलमा पुगेको थियो भने नेफ्जोनले नेफोनलाई ३(२ गोल अन्तरले पराजित गरेको थियो ।

कुल १६ टिमको सहभागीता रहेको प्रतियोगितामा स्पेन र वेलायतबाट १-१ वटा तथा पोर्तुगलका विभिन्न १४ टिमको सहभागीता रहेको थियो । प्रतियोगितामा उत्कृष्ट गोलकिपरको B1C का भए भने, उत्कृष्ट खेलाडी निर्दोष हमाल चुनिए, त्यस्तै उच्च गालेकर्ता सौगात गुरुङ्ग भए ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय