लिस्वन – परराष्ट्रमन्त्री डा. विमला पाैडेल राईले पोर्चुगलमा रहेका नेपालीहरुको हराएका,म्याद सकिएका राहदानी बनाउन चाडो भन्दा चाडो (एकदुई हप्ता भित्र नै) २५ दिन देखि एक महिनासम्मका लागि ५ सदस्यीय टोली पोर्चुगल पठाइने र उक्त टोलीलाई दूतावासले संयोजन र निरीक्षण गर्ने जानकारी दिएकी छिन् ।

आज एनआरएनए पोर्चुगल लगायत युरोपका विभिन्न देशका एनसिसीहरुसंगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री राईले साे जानकारी दिएकी हुन् ।

छलफलका क्रममा पोर्तुगलमा रहेका नेपालीहरुले हाल राहदानी प्राप्त गर्ने तथा नविकरण गर्नु लगाएतका काममा विकाराल समस्या भाेगीरहनु परेकाे तथा पोर्चुगलमा नेपालीहरुको भइरहेको असामयिक निधन र शव व्यवस्थापनका सन्दर्भमा पनि समस्या सिर्जना भईरहेकाेले यसकाे समाधानका लागि यथासिघ्र पहल गरिदिन एनआरएनए पोर्चुगलको तर्फबाट अध्यक्ष रविन अधिकारी र महासचिव राजकुमार थापाले मन्त्री समक्ष आग्रह गरेका थिए । जवाफमा मन्त्री राईले पाेर्तुगलमा देखा परेकाे यी समस्याकाे समाधानका लागि आफू प्रतिवद्ध रहेकाे जानकारी दिँदै एक दुई हप्ता भित्रै टाेली पठाउने जानकारी दिएकी हुन् ।

जुम मार्फत भएकाे छलफलमा एनआरएनए पाेर्तुगलका अध्यक्ष अधिकारीले विगत केही समय लेखी यता पाेर्तुगल प्रवेश गर्ने नेपालीहरु अधिकांशहरु विना राहदानी आईरहेकाे हुँदा उनीहरुले नयाँ राहदानी प्राप्त गर्न तत्काल पेरिससम्म जाने स्थिती नभएकाे र अस्थायी बसाेबास अनुपती पत्रकाे प्राप्त गर्न पनि त्यहीकारण निकै अप्ठ्याराे परेकाे बताउँदै पाेर्तुगलमै राहादनी प्राप्त गर्ने वातावरण बनाईदिन आग्रह गरेका थिए ।

त्यस्तै महासचिव राजकुमार थापाले पछिल्लाे समय पाेर्तुगलमा पछिल्लाे नेपालीहरुले असमाहिक निधन हुने क्रम पनि बढ्दै गएकाे र शवकाे व्यवस्थापनमा जटिलता उत्पन्न भईरहेकाे बताएका थिए । कार्यक्रममा एनआरएनए पाेर्तुगलका वरिष्ठ उपाध्यक्ष सीता श्रेष्ठकाे पनि उपस्थिती थियाे

 

छलफलमा एनआरएनए पोर्तुगल,माल्टा,साइप्रस, क्रोएसिया,चेक रिपब्लिक, पोल्यान्ड, स्पेन लगायत देशका एनसिसी आयाेजनामा भएकाे थियाे । एनआरएनएका केन्द्रीय उपमहासचिव श्री रामशरण सिंखडाले छलफल कार्यक्रमकाे सहजीकरण गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय