लिस्वन – तामाङ समाज पोर्तुगलले सोनाम ल्होसार २८५९ को अवसरमा शनीवार लिस्वनमा भव्य कार्यक्रमको आयोजना गरेको छ । तामाङ समूदायमा नयाँबर्षको सुरुवातको रुपमा मनाउने मनाउने गरिएको यो पर्व नेपालमा भने आइतबार मनाइँदैछ ।

आइतबारदेखी बाघ बर्ग पूरा गरी बिरालाे वर्गमा प्रवेश भएको मानिने गरेको छ । देशका विभन्न ठाउँमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइने गरिएको छ ।

यसै सन्दर्भमा तामाङ समाज पोर्तुगलले पनि शुभकामना आदानप्रदान तथा वृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । तामाङ परम्परा अनुसार पुजाआजा गरी नयाँ बर्षलाई स्वागत गरेपछि आमन्त्रित पहुनाहरुले शुभकामना शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि पोर्तुगलका लागि अवैतनिक महावणिज्य दुत मकर हमाल, एनआरएनए पोर्तुगलका अध्यक्षद्वय रविन अधिकारी, साेमफुरी शेर्पो, र्तुगलका लागि नेपाल सरकारका पर्यटन दुत रमेश गुरुङ, जनजाती महासंघका अध्यक्ष हेम गुरुङ्ग, नारी समाजकी महासचिव पुनम गाैतम लगाएत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए ।

शुभकामना दिने क्रममा वक्ताहरुले नेपालका विभिन्न जातजाति तथा समूदायले मनाउने हरेक प्रकारका चाडपर्वहरुले आम नेपालीजनमा सद्भाव तथा बन्धुत्वकाे भावना कायम गर्ने बताए । प्रवासमा रहेर पनि आफ्नो समूदाय र आफ्नो साँस्कृतिक चाडपर्वहरुलाई जिवन्त राख्न सकेकोमा तामाङ समाज पोर्तुगललाई बधाइ दिएका थिए ।

शुभकामना मन्तव्य लगत्तै विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । तामाङ समूदायको सँस्कृति झल्किने विभिन्न परम्परागत नृत्य तथा गायन संगै चर्चित गायक जेवी वली लगाएत अन्य कलाकारहरुले लोक तथा आधुनिक गित एवं नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा चर्चित गायक अभिनाश घिसिङले प्रस्तुती दिने भनिएता पनि विशेष कारणवश उनी उस्थिती हुन नसकेको समाजका अध्यक्ष सुजन लामाले जानकारी दिए ।

राहादानीको समस्या हल गर्न प्रयासरत छौँ : महावाणिज्य दुत हमाल
शुभकामना मन्तव्यकै क्रममा महावाणिज्य दुत मकर हमालले पोर्तुगलमा विद्यमान राहदानीको समस्या समाधानको लागि महावाणिज्य दुतको कार्यलय गम्भिर भएर सरोकारवालाहरुसंग छलफल गरिरहेको पनि बताए । उनले फ्रान्स स्थित नेपाली दुतवासमा पोर्तुगलको वर्तमान समस्याबारे पटक पटक अवगत गराई समाधानको लागि अग्रसर हुन आग्रह गरेको जानकारी दिए । फ्रान्स स्थित नेपाली दुतावासले यस समस्याको समाधान गर्ने आश्वासन दिएको र चाँडैनै पुरा हुने आशा व्यक्त गरे ।

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय