लिस्वन – कथा बाचक तथा “मोटिभेसनल स्पीकर” साइग्रेस पोखरले गैरआवासीय नेपाली संघ पोर्तुगलले आगामी जनवरी २२ र २३ को दिन पोर्तुगलको दुई ठाउँ जम्बुजिरा र लिस्वनमा आयोजना गर्न लागेको कार्यक्रममा भागलिन पोर्तुगल आईपुगेका छन् ।

फरक शैली र निकै आकर्षक ढंगबाट कथा वाचन गरेर चर्चामा आएका पोखरेलले पोर्तुगलमा पनि आफ्नो प्रस्तुती दिने भएका हुन् । गैर आवासीय नेपाली संघ पोर्तुगलको संयोजनमा हुन लागेको कार्यक्रममा पोखरेलले प्रेरकवक्ता (मोटिभेसनल स्पीकर) को रुपमा पोर्तुगलबासी नेपालीहरुलाई जीवन वाँच्ने कलाबारे प्रवचन दिने बताइएको छ ।

छिल्लो समय पोर्तुगलमा नेपालीहरुको बढ्दो आगमन र उपस्थिती संगै समूदायमा भौतिक र मानसिक यातना लगाएतका अनेकौँ खालका समस्याहरु दिनहुँ बढ्दै गइरहेको परिस्थितीमा उत्साह, उर्जाशिल, जीवन र प्रेरणदायी एवं अर्थपुर्ण भविष्यको लागि सकारात्मक उर्जा भर्न यस्ता किसिमका कार्यक्रमहरुको आवश्यकता महशुस गरेर यो कार्यक्रम आयोजना गर्न लागिएको गैर आवासीय नेपाली संघ पोर्तुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए ।

हाल युरोपका विभिन्न देशहरुका “शब्द यात्रा” अन्तर्गत आफ्नो प्रस्तुती दिइरहेका पोखरलले जनवरी २२ का दिन जम्बुजिराको साला दि जम्बुजिरा र जनवरी २३ का दिन लिस्वको अलमेदा माहात्मा गान्धी (राधाकृष्ण मन्दिर) मा प्रस्तुती दिन लागेको गैर आवासीय नेपाली संघ पोर्तुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए । दुवै कार्यक्रमको दिनको ३ बजे शुरु हुने जनाइएको छ । कार्यक्रम निशुल्क हुनेछ ।

पछिल्लो समय युवापुस्तामाझ निकैनै लोकप्रिय रहेका पोखरेलका मोटिभेसनल स्पीकर र उत्कृष्ट एवं आकर्षक कथावाचनका लागि चिनिन्छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय