लिस्वन – नेपाली काँग्रेसका पुर्व केन्द्रिय सदस्य तथा पुर्व मन्त्री मिनेन्द्र रिजालले पोर्तुगलमा विद्यमान नेपालीहरुको सझा समस्यको रुपमा रहेको राहदानी प्राप्त, नविकरण लगाएतका समस्याहरुको बारेमा आफु अवगत रहेको भन्दै यस समस्याको समाधानको लागि वर्तमान परराष्ट्रमन्त्रीसंग आफुले विशेष पहल गर्ने आश्वासन दिएका छन् ।

आज पोर्तुगलको लिस्वनमा जनसम्पर्क समिति पोर्तुगलले आयोजना गरेको अन्तरक्रिया तथा प्रशिक्षण कार्यत्रमममा सम्बोधन गर्दै रिजालले युरोपका अन्य देशहरुमा भन्दा पोर्तुगलमा रहेका नेपालीहरुको अवस्था भिन्न रहेको भन्दै उनीहरुको समस्याको समाधानको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएका हुन् । युरोपका अन्य देशहरुबाट पनि पोर्तुगलमा भविष्य खोज्दै आउने नेपालीहरुको संख्या ठूलो रहेको र कतिपयले यहाँ आइसकेपछि आस्थायी वसोवास अनुमती पत्र लगाएत अन्य कागजातहरु प्राप्त गर्नको लागि आवश्यक पर्ने राहदानी बनाउन हैरानी व्यहोरेको आफुलाई अवगत भएको बताए । साथै उनले राहदानी बनाउनकै लागि पोर्तुगल बाहिर जानु पर्ने बाध्यताको अन्त्यको लागि आवश्यक पर्ने सामाग्र लगाएत अन्य कुराहरुको लागि आफुले सक्दो पहल गर्ने आश्वासन दिए ।

उनले नेपाल फर्केपछि बर्तमान पराराष्ट्रमन्त्रीसंग यो समस्याको बारेमा छलफल गर्ने बताए । व्यक्तिगत रुपमा पनि निकै राम्रो सम्बन्ध भएको र परराष्ट्रमन्त्री आँफैपनि यस्ता समस्याहरुको समाधानको लागि संधै सकारात्मक हुने स्वाभावको भएकोले यो समस्याको पनि सुनुवाई हुनेमा आशा व्यक्त गरे ।

यसअघि जनसम्पर्क समिति पोर्तुगलका सभाती वकिल केसीले पोर्तुगलमा रहेका नेपालीहरुले राहदानीकै विषयमा निकै समस्या भोगिरहेको र निवर्तमान परराष्ट्रमन्त्री समक्ष पनि यही समस्यालाई लिएर ज्ञापनपत्र बुझाएको र तत्कालिन अवस्थामा सकारात्मक जवाफ आएको भएपनि हालसम्म समस्या ज्युँकोत्युँ रहेको भन्दै समस्या समाधान गर्न पहल गरिदिन आग्रह गरेका थिए ।

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय