लिस्वन – नेपाली काँग्रेसका पुर्व केन्द्रिय सदस्य तथा पुर्व मन्त्री मिनेन्द्र रिजालले जनसम्पर्क समितिहरुबाट महाधवेशनका लागि चुनिएर जाने व्यवस्थाले विकृति निम्तिएको जिकिर गरेका छन्

आज पोर्तुगलको लिस्वनमा जनसम्पर्क समिति पोर्तुगलले आयोजना गरेको अन्तरक्रिया तथा प्रशिक्षण कार्यत्रममलाई सम्बोधन गर्दै रिजालले प्रवासमा रहेका नेपाली काँग्रेसमा सुभेच्छुक संस्थाहरु कुनै एक नेताको मात्रै बन्न नहुने भन्दै, उनले जनसम्पर्क समितिको प्रतिनिधित्व गरेर महाधवेशनमा जानेहरुले एक-एक जना नेताको फेरो समातेर आफुलाई नजिक राख्ने कोसिस गरी नेतृत्व हत्याउन प्रयास गर्ने गरेको हुनाले नेताहरुले यी प्रतिनिधिहरुलाई दुरुपयोग गर्ने गरेको बताए ।

“यहाँबाट जानेहरुले शुरुमै एउटा नेताको फरो समात्छन् र तीनको प्रिय बन्ने कोसिस गरेर भोलीपनि आफुलाई प्रभावकारी बनाइराख्ने कोसिस गर्छन्, त्यही मौकाको फाईदा उठाउँदै नेताहरुले पनि यहाँबाट प्रतिनिधित्व गरेर जानेहरुलाई दुरुपयोग गर्ने गरेका छन्, ” उनले भने

महाधिवेशनमा समिति जस्तै अन्य शुभेच्छुक संस्थाहरुले अन्य सहयोग गर्न सक्ने भएपनि मतदान गर्ने अधिकार भने दिन नहुने बताए । मतदान गर्न पाउने व्यवस्थाले विकृति ल्याएको पनि जिकिर गरे । “जसस जस्तै अन्य भातृ तथा शुभेच्छुक संस्थाहरु भनेको शुभेच्छामात्र राख्ने हो, यसले गएर भोट हाल्ने र एउटा नेतालाई काखी च्याप्ने परम्पराको अन्त्य गर्न जरुरी छ”, उनले भने ।

समितिका सभापति वकिल केसीले पार्टीलाई लेवी बुझाएर कृयाशिल बनेकाहरुलाई हालसम्म पनि कृशयाशिल सदस्यता कार्ड उपलब्ध गराउन नसकेको भन्दै निराशा व्यक्त गरे । साथै उनले नेता रिजाल संग कृयाशिल सदस्यता कार्ड उपलब्ध गराउन पार्टीमा भुमिका खेल्न आग्रह गरे ।

“अब काठमाडौँमा रोयर होइन, गाउँगाउँ गएर पार्टी निर्माणमा लाग्नुपर्छ”

कार्यक्रममा बोल्दै नेता रिजालले नेपाली काँग्रेसले पछिल्लो समय नेतृत्वले सत्ताको स्वार्थमा पार्टीका सिद्धान्त र लोकतान्त्रिक मुल्य र मान्यताहरुलाई आत्मसाथ गर्न नसकेको आरोप लगाएका छन् ।

पछिल्लो समय नेपाली काँग्रेस सत्ता विमुख हुनुमा नेतृत्वमा रहेको हठले केही हदसम्म काम गरेको भन्दै युवाको प्रतिनिधित्व गरेका र पार्टीको मुख्य जिम्मेवारमा रहेका महामन्त्रीहरु पनि यसमा दोषी रहेको जिकिर गरे । उनले घुमाउरो पारामा नेतृत्वको एकल आत्मकेन्द्रित सोचमाथी युवा भनिएका र लाखौँ काँग्रेसी कार्यकर्ताले विश्वास गरेकाहरुले पनि प्रभावकारी हस्तक्षेप गर्न नसकेको गुनासो गरे ।

चुनावी परिणाम आउँदै गर्दा चुनावी समिक्षा र भावी कार्ययोजना बनाउने तर्फभन्दा आफुले आफुलाई प्रधानमन्त्री घोषणा गर्ने लर्को चलेको, संसद भएकाजति सबैलाई मन्त्री बन्ने भुत चढेको थियो भन्दै, उनले नेताहरुको कार्यशैलीको आलोचना गरे । पार्टीमा प्रयाप्त छलफल नहुनु गठबन्धमा रहेका दलहरुवीचमा रणनीतिक छलफल हुन नसक्नुले पार्टीले पाएको अवसर केन्द्र देखि प्रदेशसम्म गुमाएको बताए ।

२००७ को क्रान्ति सम्पन्न भएपछि तत्कालिन राजा त्रिभुवनले तत्कालिन प्रधानमन्त्री मात्रिका कोइरालाई प्रभावमा पारेर पार्टी विभाजन गराई मात्रिकाको पार्टीलाई देशकै ठूलो पार्टी घोषणा गरि प्रधानमन्त्री बनाएपछि, विपि कोइरालाकोले अब काठमाडौँमा रोयर पार्टी बन्दैन भन्दै गाउँ गाउँ गएर पार्टी निर्माण गरेको उदाहारण दिँदै उनले अब सत्ता गुम्यो भनेर नेताहरु काठमाडौँ रोइकराई गरेर कुनै अर्थ नभएको बताए । उनले समग्रमा गत निर्वाचनमा पार्टी जनताको रोजाईमा पहिलाको तुलनामा किन पर्न सकेन भनेर समिक्षा हुनुपर्ने त्यसै अनुसार पार्टी पुर्ननिर्माणमा लाग्नु पर्ने बताए ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति पोर्तुगलका सभापती वकिल केसीले प्रवासमा रहेका नेपाली काँग्रेसप्रति आस्था राख्नेहरुलाइ नेता रिजालको उपस्थिती र उहाँको भनाइ र प्रशिक्षणले हौसला प्रदान गरेको भन्दै धन्यवाद दिए ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति पोर्तुगलका संस्थापक सभापती पुर्ण हमाल, पुर्व अध्यक्ष लक्ष्मी प्रसाद सापकोटा, महासमिति सदस्य चिज कुमार तामाड महाधिवेशन प्रतिनिधि नविन आचार्य लगाएतले आफ्नो भनाइ राखेका थिए । समितिका महामन्त्री विनोद मरासीनीले कार्यक्रमको संचाल गरेका थिए भने उपसभाती दीपेन्द्र अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रमको संयोजन समितिका कोषाध्यक्ष विवश दवाडीले गरेका थिए । कार्यक्रममा एनआरएनए पोर्तुगलका अध्यक्ष रविन अधिकारी, जनजाति महासंघका अध्यक्ष हेम गुरुड, जनसम्पर्क समिति बेल्जियमका रणबहादुर घले लगाएत विभिन्न संघसंस्थाका पदाधिकारीहरु लगाएतको उपस्थिती थियो ।

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय