काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले प्रतिनिधिसभाको दोस्रो बैठकमा विश्वासको मत लिएका हुन् । प्रचण्डलाई प्रमुख प्रतिपक्षी दल कांग्रेससहित १० दलले विश्वासको मत दिएका हुन् । गणतन्त्र स्थापनापछि विपक्षी दलकोसमेत विश्वासको मत पाउन प्रचण्ड पहिलो प्रधानमन्त्री भएका छन् ।

उनको पक्षमा २६८ मत परेको छ । विपक्षमा दुई मत परेको छ । २७५ सदस्य प्रतिनिधिसभामा बहुमतको लागि १३८ जान सांसदको समर्थन आवश्यक पथ्र्यो । मतदान प्रक्रियामा २७० सांसदमात्रै उपस्थित थिए भने पाँचजना अनुपस्थित रहे ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा भएको मत विभाजन प्रक्रियामा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, नेकपा एस, जपा, नाउपा र स्वतन्त्र सांसदले प्रचण्डको पक्षमा मतदान गरेका थिए । यसैगरी उनको विपक्षमा रहेका नेपाली कांग्रेस, नेकपा एस र लोसपालेसमेत मतदान गरेपछि उनी भारी मतले विजयी भएका हुन् ।

प्रधानमन्त्री नियुक्ती प्रक्रियामा समर्थन नगरको एकीकृत समाजवादीलेसमेत उनलाई विश्वासको मत दिएका छन् । मंगलबार बिहान बसेको नेकपा एकको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेका थिए ।

संसदमा सबैभन्दा ठूलो दल कांग्रेसभित्र प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिने विषयमा विवाद भएपछि कार्यसम्पादन समितिको बैठकबाट उनको पक्षमा निर्णय गरेका थियो । उनमो विषक्षमा नेपाल मजदुर पार्टी र राष्ट्रिय जनामोर्चाले भोट हालेका थिए ।

तीनै तहको निर्वाचनमा कांग्रेससँग गठबन्धन गरी भाग लिएका प्रचण्ड निर्वाचनपछि सत्ता सहयात्री दल कांग्रेसलाई जिल्याउँदै ओलीको समर्थनमा प्रधानमन्त्री बन्न सफल भए ।

संविधानको धारा ७६ को उपधार २ बमोजिम नियुक्त भएका प्रधानमन्त्रीले तीन दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था बमोजिमा प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् ।

समकालीन राजनीतिका चतुर खेलाडी ओली–प्रचण्डको पुनर्मिलनले संसदको सबैभन्दा ठूलो दल प्रतिपक्षमा पुगेको छ । संघदेखि प्रदेशसम्म सत्ता गुमाएको एमालेको हातमा सरकारको चाबी आएको छ । तत्कालीन सत्ता समीकरणबाट प्रधानमन्त्री को बन्ने भन्ने विषयमा कुरा नमिल्दा देउवाको साथ छोडेर प्रचण्ड ओलीसँग मिल्न गएका हुन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय