लिस्वन – केही महिना अगाडि रोमानिया हुँदै पोर्चुगल आएका एक युवा वेपत्ता भएका छन् । नेपालमा म्याग्दी जिल्लाको चुत्रेनी घर भएका नेपाली सुरज मल्ल यही २२ डिसेम्वर दिउँसोदेखि पोर्चुगलको सान्तो आन्तोनीयोबाट लिस्बन आउँदै गर्दा सम्पर्कविहिन भएकाे परिवारले जनाएकाे छ ।

सम्पर्क विहिन भएसंगै परिवारतर्फबाट खोजीका लागि गैरआवासीय नेपाली संघ पाेर्तुगल र पाेर्तुगल स्थित विभिन्न संघसंस्था र व्यक्तित्वहरुलाई आग्रह गरिएकाे छ ।

यसैविच गैर आवासीय नेपाली संघ पाेर्तुगलले सम्पर्क विहिन भएका मल्ल खाेजीका लागि तदरुपता देखाएकाे छ । संघले आज एक सुचना प्रकाशित गरि हराईरहेका मल्लकाे खाेजीका लागि सक्दाे सहयाेग गर्न आग्रह गरेकाे छ ।

संघका अध्यक्ष रविन अधिकारीका अनुसार गत २२ डिसेम्बरदेखि उनी परिवार र साथीभाईसंग सम्पर्कमा नआएकाे परिवारिक श्राेतले जानकारी दिएकाे बताए । उनले मल्लकाे खाेजीका ल लागि पाेर्तुगल प्रहरी लगाएत अन्य सामाजिक संघ संस्थासंग आवश्यक समन्वय गरिरहेकाे पनि बताए ।

सम्पर्कविहिन हुनु भन्दा पहिला उनले अन्तिम पटक सान्टियागाे क्षेत्रबाट सम्पर्क गरेको बुझिएकाे छ । उनलाई कोही कसैले देखेमा वा भेटेमा नजिकको प्रहरी कार्यालय वा उल्लेखित नम्बर +351 920121702 र +351920498021 जानकारी गराइदिनु हुन अनुरोध गरिएकाे छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय