जय सापकोटा, पोर्चुगल
लोकतन्त्रमा सदैब जित सुनिश्चित हुन्छ भने किन चुनाब गर्नुपर्थ्यो र कम्युनिष्ट शैलीमा जाने हो भने त केहि भन्नु छैन त्यहा न लोकतन्त्र हुन्, छ न स्वच्छ प्रतिस्पर्धा १ मैले बुझेको त्यो त पंचायती समयमा हुन्थ्यो  जे आज पनि दलीय राजनितिमा देखिएको छ । यस्तो प्रबृद्वी अपाच्य भएरै २०४७ सालपछि प्रजातन्त्र र २०७२र०७३ मा संघीय लोकतन्त्रको अभ्यास्त “नेपालको संबिधान २०७२” बन्यो ।

अब जनता मात्र होइन, जनताबाट निर्वाचित वा अनुमोदित जो भन्नुहोस सबै सॉसदहरू परिवर्तनकारी सोच लिएर अगाडी बढ्नुको बिकल्प छैन । जनताहरूले यसपाली ६०५ सोच र भोट बदलेका छन, त्यसरी भोट पाएर अनुमोदित सॉसदहरूले पनि सोच बदलेर जनताहरूको चाहना र मनोकॉक्षालाई बुझेर अग्रजहरूको सम्मान गर्दै नया सोच र योजना बोकेर ग्यारेन्टी गर्ने खॉका बोकेको सॉसदलाई पार्टी र देशको नेता चुन्न सक्नुपर्दछ ।

अति अति भैसक्यो, अझै पनि केहि जनता, कार्यकर्ता र नेताहरूले सोच बदल्न सकेका छैन, उनीहरूको एकॉकी सोचलाई यसपटक बदल्नु परेको छ । हस्तक्षेपबाट हैन, आग्रह, अनुरोध र नवीन सोचबाट सम्झाएर बुझाएर नेतृत्व हस्तान्तरण हुनु जरूरी छ र त्यसका लागि कोहि न कोहीले बरू हार स्वीकारेर किन नहोस, नेतृत्वको सामना गर्नै पर्ने अवस्था श्रृजना भएको छ, होइन भने, २०४६र०४७ देखिको एक तह र तप्काहरूको नेतृत्व गर्नेहरूको अन्तिम राजनितिक यात्रा दुखद र अयोग्य साबित हुनेछ । किनकि ३०र३२ सालसम्म नफेरिएको राजनीतिक अवस्था अब जीवनका अन्तिम क्षणमा आएर फेरिने कुरामा बिश्वस्त हुनु लोकतन्त्रभित्रको अधिनायकबादी सोच हुनेछ । झट्ट हेर्दा त्यो लोकतान्त्रिक तर त्यसभित्रको प्रकिया, नेतृत्व चयन बिधी र पद्वति अलोकतान्त्रिक देखिने अनि जनता र देशको मुहार भन्दा नि ब्यक्तिबादी सोच,ब्यवहार र स्वार्थलिप्तमा केन्द्रित देखिएको छ १ त्यसैले आफु बदलिनुहोस र देश अनि जनताको जिवनस्तरमा सुधार ल्याउनेतर्फ लाग्नुहोस ।

पार्टी र दलीय पद्वति र प्रकिया परिवर्तनकारी हुनसक्यो भने पक्कै पनि नेपाल र नेपालीको भबिष्य उज्वलमय हुने एउटा सुनौलो बिहानको सुरूवात हुनेछ १ प्रसंग नेका संसदीय दलको चुनाब माहौल – जय नेपाल , जय नेपाली !!

सापकोटा, नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधी हुन्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय