लिस्वन – पाेर्तुगल सरकारले ऐले भईरहेकाे महंगीलाई मध्यनजर गर्दै न्यून आय भएकाहरुलाई क्रिसमसकाे अवसरमा साहयता स्वरुप २४० युराे प्रदान गर्ने भएकाे छ ।

विहिबार मन्त्रीपरिषदमा लैजान लागिएकाे प्रस्तावमा प्रधानमन्त्री एन्टिनियाे काेष्टाले उक्त विषय समावेश गरिएकाे जानकारी दिएका हुन् ।

उच्च मुल्यबृद्धीका कारण निम्न वर्गिय परिवारलाइ राहत दिने उद्देश्यले उक्त याेजना अघि सरिएकाे बताईएकाे छ । आगामी डिसेम्बर २३ देखि बर्षकाे अन्त्यसम्म उक्त रकम उपलब्ध गराइसक्ने पनि जनाईएकाे छ । सरकारकाे याे कार्यक्रमबाट कम्तीमा दश लाख परिवार लाभान्वित हुनेछन् ।
यद्यपि सरकारले कार्यान्वयन गर्न लागेकाे याे याेजनाले सबै न्युनआय भएका परिवारलाई समेट्नेमा भने शंका पैदा गरेकाे छ । सरकारले उक्त सहयाेग पाउने परिवारकाे मापदण्ड निर्धारण गरेकाले सबैले उक्त सुविधा पाउनेमा शंका व्यक्त गरिएकाे हाे ।

यसअघि पनि सरकरले जनतालाई महंगीबाट राहत दिने याेजना स्वरुप प्रति व्यक्ती १२५ युराेकाे दरले रकम उपलब्ध गराएकाे थियाे ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय