लिस्वन – युराेपियन युनियनका आन्तरिक मामिला मन्त्रीहरुकाे वैठकबाट आगामी बर्षदेखी लागुहुने गरि क्राेएसियालाई सेन्जेन राष्ट्रहरुकाे सुचीमा सामेल गर्ने निर्णय गरेकाे छ । बेल्जियमकाे राजधानी ब्रसेल्समा बिहिबार सम्पन्न वैठकबाट सन् २०२३ काे जनवरीबाट लागू हुने गरी उक्त निर्णय गरेकाे हाे ।

यस अघि चर्चा भएका क्राेएसियासंगै राेमानिया र बुल्गेरियाकाे हकमा भने अस्ट्रियाले असहमती जनाउँदै शेन्जेनमा प्रवेश गर्न रोक लगाएको छ ।

हिजाे सम्पन्न वैठकमा नेदरल्याण्ड्सले रोमानियाको समर्थन गरे पनि बुल्गेरियाकाे हकमा भने विरोध गरेकाे थियाे ।

तथापि, क्रोएसियाले सर्वसम्मत समर्थन प्राप्त गर्‍यो र जनवरी २०२३ सम्म सेन्जेन क्षेत्रमा सामेल हुनेछ।

रोमानिया र बुल्गेरियाले “सबै आवश्यकताहरू पूरा गरिरहेका छन्। तिनीहरू लामो समयदेखि पर्खिरहेका छन्। बुल्गेरिया र रोमानियाका नागरिकहरू पूर्ण रूपमा सेन्जेन क्षेत्रको हिस्सा हुन योग्य छन्,” गृह मामिलाका लागि युरोपेली आयुक्त इल्वा जोहानसनले बैठकपछि जानकारी दिए । उनले केही समय पछि यी दुई पनि सेन्जेनमा सामेल हुने जनाउ दिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय