धादिङ – धादिङको प्रतिनीधि सभा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका रामनाथ अधिकारीले निकटम प्रतिस्पर्धी एमालेका खेम लोहनी भन्दा १०,५३३ मत अन्तरले विजयी भएका छन् ।

रामनाथ अधिकारी ३४,४८३ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका खेम लोहनीले २३,९५० मत ल्याएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बसुमायाँ तामाङले ५५२५ मत ल्याएकी छिन् भने यो क्षेत्रमा ३३७३ मत बदर भएको छ । माओवादी केन्द्र धादिङले सत्ता भागबण्डामा पाएको दुई वटा प्रदेश क्षेत्र मध्य एउटामा पराजय भोग्नु परेको छ ।

यसैगरी धादिङ २ को प्रदेश २ मा एमाले राप्रपा गठबन्धनका उम्मेदवार राप्रपाका डम्बर श्रेष्ठ विजय भए सँगै माओवादी केन्द्रका नेता जगत सिंखडा १३१ मतले पराजित भएका थिए ।

त्यस्तै, धादिङ क्षेत्र नं २ प्रदेश १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका गाेविन्द लम्साल विजयी भएका छन् । गोविन्द लम्साल (रुख) १७,०९६ डा. रामकुमार अधिकारी सुर्य १४,३१६
गोविन्द लम्साल २,७८० मतले विजयी भएका हुन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय