काठमाडौँ – कतारमा  चलिरहेको विश्वकप फुटबलमा साउदी अरेबियाले दुई पटकको च्याम्पियन अर्जेन्टिनालाई २–१ ले हराएको छ ।

एक गोलले पछि परेको स्थिति उल्टाउँदै साउदीले अर्जेन्टिनालाई झट्का दिएको हो । उपाधिको दाबेदारमध्ये एक मानिएको अर्जेन्टिनाले पहिलो खेलमै हार ब्यहोरे पछि लगातार ३६ खेलको अपराजित यात्रा पनि टुंगिएको छ ।

अर्जेन्टिनासँगको पाँचाै खेलमा साउदीले पहिलो जित हात पारेको हो । सन् २०१९ को कोपा अमेरिकामा ब्राजिलसँग सेमिफाइनलमा पराजित भएयता ३६ खेलमा अपराजित थियो ।
लिओनल मेसीको पेनाल्टी गोलमा अर्जेन्टिनाले अग्रता लिएको थियो । त्यसपछि अर्जेन्टिनाले गरेका दुई गोल अफसाइड भए ।
दोस्रो हाफमा साउदी अरेबिया सुरुदेखि नै अर्जेन्टिनामाथि हावी बन्यो र पाँच मिनेट अन्तरमा दुई गोल गर्‍यो । ४९औँ मिनेटमा साउदीका सालेह अल शेहरीले बराबरी गोल फर्काए । यस्तै सालेम अल दावसारीले अर्को गोल गर्दै २–१ को अग्रता दिलाए । यहि नतिजा नै अन्तिम समयसम्म कायम रहँदा अर्जेण्टिना स्तब्ध बन्यो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय