

वाशिङटन डीसी (अमेरिका) – अमेरिकी खर्बपति व्यापारी एलन मस्कले माइक्रोब्लगिङ वेबसाइट ट्विटरलाई आफ्नो नियन्त्रणमा लिएका छन् । मस्कले ट्विटरलाई ४४ अर्ब डलरमा किन्ने सम्झौतालाई पूरा गरेका छन् ।
अमेरिकी सञ्चार माध्यमहरुमा छापिएका खबरहरुका अनुसार मस्कले ट्विटरका प्रमुख कार्यकारी अधिकारी (सीईओ) पराग अग्रवालसमेतका अन्य दुई जना वरिष्ठ व्यवस्थापकहरुलाई जागिरबाट निकालेका छन् । जागिर गुम्ने अन्य दुई जना नेड सीगल र बिजया गडे भएको बताइएको छ ।
सीगल कम्पनीका सीएफओ हुन् भने विजया ट्विटरमा कानूनी, नीति र ट्रष्टसम्बन्धी मामिला प्रमुख हुन् । मस्कले ट्विटर किन्ने हो कि नकिन्ने भन्ने अनिश्यचले हालैका महीनाहरुमा कम्पनीको शेयर मूल्यमा तीव्र उतार चढाव आएको थियो ।
कम्पनीले यसबारे केही बताएका छैनन् । तर ट्विटरका सह–संस्थापक बिज स्टोनले अग्रवाल, सीगल र गडेलाई धन्यवाद भनेका छन् । आफूले ट्विटर मानवतालाई मद्दत किनेको बिहीवार एक ट्विटमा मस्कले भनेका थिए ।
ट्विटर जस्ता मञ्च मानव सभ्यताको भविष्यको लागि जरुरी भएको उनको भनाइ छ । शुक्रवार न्यूयोर्क स्टक एक्सचेञ्जमा कम्पनीको शेयरको कारोबार रोक्का रहनेछ । मस्कसँग ट्विटर किन्ने शुक्रवारसम्मको समय थियो । मस्कले अप्रिलमा ट्विटर किन्ने घोषणा गरेका थिए ।
तर पछि उनले सामाजिक सञ्जालमा भएको बोट, नक्कली खाताको कुरा उठाएर कम्पनी किन्ने प्रस्तावबाट पछि हटेका थिए । मस्कले ट्विटरका लागि तिरेको पैसा अति नै महँगो भएको केहीको भनाई छ ।
मस्कले शुरुमा ट.विटरमा लगानीमा खासै ध्यान दिएका थिएनन् । तर यो वर्ष जनवरीदेखि उनले ट्विटरको शेयर किन्न शुरु गरे । मार्चसम्ममा उनले कम्पनीको ५ प्रतिशत शेयर किने अप्रिलमा उनी कम्पनीको सबैभन्दा ठूलो धेयरधनी बने ।
अप्रिलको अन्त्यमा उनले ४४ अर्ब डलरमा कम्पनी किन्ने सम्झौता गरे । तर उनले त्यतिबेला नक्कली खाता, बोट हटाउन चाहेको अनि यो मञ्चलाई वाक स्वतन्त्रताको संरक्षण गर्न चाहेको बताएका थिए । तर मे महिनामा उनले कम्पनी खरिद गर्ने सोच फेरे ।
कम्पनीले दाबी गरेको भन धेरै नक्कली खाता भएको उनको जिकीर थियो । जुलाईमा कम्पनी नै नकिन्ने घोषणा गरे । तर यस मामिलामा ट्विटरले अदालतमा मुद्धा हाल्यो । अक्टोबरमा पुनः उनले ट्विटरमा चासो देखाए अनि कानूनी कारबाही रोकिदिए । एजेन्सी
ताजा समाचार
लोकप्रिय
© 2025: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal