लिस्वन – इन्डियन आइडलको १२औँ संस्करण विजेता पवनदीप राजन संगै सोही प्रतियोगिताको १०औँ संस्करण विजेता सलमान अलि र सन्मुखा प्रियाले पोर्तुगलको राजधानी लिस्वनमा आफ्नो प्रस्तुती दिने भएका छन् ।

रिदम म्युजिक लिस्वन र सफल इन्टरटेनमेन्टले आयोजना गर्न लागेको सांगितिक कन्सर्टलाई “डायनामिक ट्रियो” नाम दिइएको छ । आगामी सेप्टेम्बर १८ का दिन लिस्वनको  Aula Manga Auditorium मा हुने कार्यक्रममा उनीहरुसंगै अन्य प्रतिष्ठित भारतीय कालाकारहरुको प्रस्तुती रहने आयोजकका तर्फबाट निशान्तले बताए ।

इन्डियन आइडलको १२औँ संस्करणका विजेता पवनदीप राजन गायक मात्र नभइ एक कुशल संगितकार तथा वाध्यबाधक पनि हुन् । भारतको उत्तराखण्डमा जन्मेका उनले केही नेपाली भाषाका गीतहरु समेत गाएका छन् । पोर्तुगलमा रहेका नेपालीभाषाीहरुलाई लक्षित गर्दै पवनदीपले कार्यक्रममा आएर साथ दिन अनुरोध समेत गरेका छन् ।

त्यसैगरी इन्डियन आइडल १०औँ संस्करणका विजेता सलमान अलि पनि पछिल्लो समय युवामाझ निकैनै लोकप्रिय गायक हुन् । सुरिलो स्वरमा धनी उनले आइडलको मंचमा गाएका प्रत्येक गीतले दर्शक श्रोताको मन जित्ने गरेको थियो ।

इन्डियन आइडल १२औँ संस्करणको उत्कृष्ट ६ मा पर्न सफल सन्मुखा प्रिया पनि पछिल्लो समय निकैनै चर्चित छिन् । इन्डियन आइडलको मंचमा उनले गाउने हरेक गीत उनको स्टेजमा गर्ने प्रस्तुती निकैनै मनोमोहक हुने गर्दथ्यो ।

आयाेजकका अनुसार हाल युरोप भ्रमणका रहेका यी तीन चर्चित गाएक गायिकाहरुले युरोपका अन्य विभिन्न देशहरुमा समेत प्रस्तुती दिइरहेका छन् ।
सेप्टेम्बर १८ का दिन सांझ ५ बजे लिस्वन हनु गइरहेको उक्त कार्यक्रमको टिकट, रेष्टुरेन्ट दियालाे मार्टिम मुनिज, www. Blueticket.meo.pt र ह्वाट्स याप नम्बर ९६६६६६६६२० बाट पनि लिन सकिने आयोजकले बताएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय