• विनाेद मरासीनी

बि स २०१७ साल पुष १ गते तत्कालिन राजा महेन्द्रद्वारा सैनिक शक्तिको बलमा गरिएको असम्बैधानिक र अप्रजातान्त्रिक राजनैतिक कदम “कु” संगै विकसित राजनीतिक घटनाक्रम र परिवेश पछीको निरन्तर ८बर्षको काराबास सजायबाट छुटकारा पाएपछि छिमेकी राष्ट्र भारतमा निर्वासित जीवन बिताइरहेका बेला नेपालको प्रजातान्त्रिक आन्दोलनलाई ससक्त बनाउन जननायक बीपी कोइरालाद्वारा प्रजातन्त्रको पुनःस्थापनाको लागि प्रबासबाटै बल पुर्याउने उदेश्यले स्थापना गरिएको एउटा ऐतिहासिक महत्व र इतिहास बोकेको प्रजातान्त्रिक आस्थावानको नेतृत्व गर्ने सस्था हो, नेपाली जनसम्पर्क समिती ।

५१ बर्ष पहिले भारतमा स्थापना गरि सुरू भएको जनसम्पर्क समिति दक्षिण एसिया, एशिया, मध्यपुर्व, अमेरिका, क्यानडा, अष्ट्रेलिया, कोरिया लगाएत विभिन्न युरोपेली मुलुकहरुमा विस्तार हुने क्रममा सन् २००७ मा विभिन्न कामको सिलसिलामा पोर्चुगल आइ बसोबास गर्नुहुने आदरणीय ब्यक्तित्वहरू पुर्ण बहादुर हमाल, लक्ष्मी प्रसाद सापकोटा, राज कुमार गौतम, रमेश कुमार गुरूंग लगायतका नेपाली काँग्रेस प्रति आस्थावान व्यक्तित्वहरुको पहलमा जनसम्पर्क समिति पोर्तुगल स्थापना भएको हो ।

परदेशमा रहेर आफ्नो दैनिक कृयाकलापबाट समय निकाली समितिमा सकृय भइरहन केही सथीहरुलाई व्यवहारिक कठिनाई भएको र भइरहने सत्यता पनि हाम्रो सामु छ । त्यसैले नेतृत्वमा रहेर इमान्दार प्रयास गर्दागर्दै पनि कतिपय साथीहरुले भनेजति र सोचेजति योगदान दिन सक्नुभएन । तर समितिलाई जीवीत राख्ने भनेको तत्कालिन नेतृत्वको दायित्व मात्र थिएन । त्यसैलाई हृदयङगम गर्दै संस्थापक आदरणीय पुर्ण बहादुर हमाल, पुर्व अध्यक्ष लक्ष्मी प्रसाद सापकोटा, निवर्तमान अध्यक्ष विनाेद घिमिरे, रमेश गुरुङ, चीज कुमार तामाङ, राज कुमार गौतम लगाएत व्यक्तित्वहरुको सक्रियतामा आज पनि जनसम्पर्क समिति पोर्तुगल जीवन्त छ । त्यसमा निवर्तमान तथा वर्तमान नेतृत्वमा रहेका आदरणीय अध्यक्षहरु लगाएत केही पदाधिकारी साथीहरुको इमान्दार प्रयासलाई नजअन्दाज गर्न सकिँदैन ।

स्थापना कालदेखीनै पोर्तुगलभरी रहेका प्रजातान्त्रिक मुल्य र मान्यतालाई आत्मसाथ गर्ने नेपाली नागरिकहरुको साझा संस्थाको रुपमा आफुलाई उभ्याउन सफल भएको थियो । समितिको नेतृत्वमा रहनुभएका पुर्व अध्यक्ष देखि पदाधिकारीहरुले यसलाई प्रजातान्त्रिक विचारधारा बोक्ने पोर्चुगलबासी आम नेपालीहरुको साझा संस्थाको रुपमा उभ्याउन इमान्दार प्रयास गर्नुभयो र केही हदसम्म सफल पनि हुनभयो ।

सन् २००७ देखि आज सम्म आइपुग्दा समितिले करिब १५ बर्षको यात्रा पार गर्न लागेको छ । यस वीचमा समितिमा जोडिएर आफ्नो विचार र आस्थालाई जीवीत राख्ने प्रयास स्वरुप धेरैभन्दा धेरै प्रजातन्त्रवादीहरु साथीहरुले यस समितिलाई उपयुक्त माध्यम बनाउने कोसिस गर्नुभयो । यसवीचमा केही साथीहरुले समितिको नेतृत्वतहमा बसेर समितिको उद्देश्य परिपुर्तीको लागि आफुलाई डोर्याउने इमान्दार प्रयास गर्नुभयो ।

परदेशमा रहेर आफ्नो दैनिक कृयाकलापबाट समय निकाली समितिमा सकृय भइरहन केही सथीहरुलाई व्यवहारिक कठिनाई भएको र भइरहने सत्यता पनि हाम्रो सामु छ । त्यसैले नेतृत्वमा रहेर इमान्दार प्रयास गर्दागर्दै पनि कतिपय साथीहरुले भनेजति र सोचेजति योगदान दिन सक्नुभएन । तर समितिलाई जीवीत राख्ने भनेको तत्कालिन नेतृत्वको दायित्व मात्र थिएन । त्यसैलाई हृदङगम गर्दै संस्थापक आदरणीय पुर्ण बहादुर हमाल, पुर्व अध्यक्ष लक्ष्मी प्रसाद सापकोटा, निवर्तमान अध्यक्ष विनाेद घिमिरे, रमेश गुरुङ, चीज कुमार तामाङ, राज कुमार गौतम लगाएत व्यक्तित्वहरुको सक्रियतामा आज पनि जनसम्पर्क समिति पोर्चुगल जीवन्त छ । त्यसमा निवर्तमान तथा वर्तमान नेतृत्वमा रहेका आदरणीय अध्यक्षहरु लगाएत केही पदाधिकारी साथीहरुको इमान्दार प्रयासलाई नजअन्दाज गर्न सकिँदैन ।

तर हरेक जीवन्त संस्थाभित्र समय परिवेश अनुसार विभिन्न सहज र असहज घटनाक्रमहरु देखा पर्ने गर्दछ । आजकाे दिनमा जनसम्पर्क समिति पोर्तुगलले पनि केही असहज परिस्थितीकाे सामना गरिरहेकाे तितो यथार्त हामीसामु छ ।

स्थापनाका कालदेखी छैटौँ अधिवेशनसम्म आईपुग्दा यस समितिमा केही घटनाक्रमहरु अस्वाभाविक रुपमा विकास भए । अघिल्लो नेतृत्व चयनको प्रकृयासम्म स्वाभाविक र प्रजातान्त्रिक प्रकृयागत ढंगले सम्पन्न हुँदै गर्दा पछिल्लो नेतृत्व चयनको प्रकृया केही असहज परिस्थितीहरु देखा परे । ती कति स्वभाविक थिए भने कतिपय अलि अस्वभाविक जस्ता पनि देखिए । तर पनि एउटा विधि निर्माण गरी नेतृत्व चयनको प्रकृया टुङ्गोमा पुर्याइयो ।

आफुले आस्था राख्ने संस्थाको नेतृत्वमा पुग्ने इच्छाराख्नु सबैको अधिकारको कुरा हो । त्यही अनुसार अकांक्षीहरु हुने भएकोलेनै त्यसलाई एउटा निर्णयमा पुर्याउन विधि निर्माण गरिन्छ । यस समितिको हकमा पनि नेतृत्व चयन गर्ने प्रकृयालाई निर्णयमा पुर्याउने एउटा विधिको निर्माण गरियो र सोही विधिको परिधिभित्र रहेर नेतृत्व चयनको प्रकृया पुरा गरियो ।

सहमती, सहकार्य र एकताको नाराका साथ सप्पन्न छैटाैँ अधिबेशनले दुई सभापति (पहिलो १८ महिना र दोस्रो१८ महिने कार्यकाल),३ महासमिती सदस्य ,४ महाधिवेशन प्रतिनिधि र कार्यसमिति चयन गरेको थियो ।

सहमतिमा नै सबैको जित हुन्छ भन्ने भावना समेटिए पनि विभिन्न समुहगत, ब्यक्तिगत र गुट्गत स्वार्थका कारण अहिले गतिबिहिन अवस्थामा छ । स्थापना कालदेखिनै गैह्र आबसिय नेपाली संघको समेत नेतृत्व गर्ने मौका जनसम्पर्क समितिमा आबद्धहरुले नेतृत्वले पाउदै आएकाेमा अबकाे दिनमा भने चूनाैतिपुर्ण देखिँदै आएकाे छ ।

हजारौं नेपाली बसोबास गर्ने पोर्तुगलमा अहिले पासपोर्ट नवीकरण तथा नयाँ बनाउनको लागि समस्या भोग्ने नेपालीहरुको संख्या उल्लेख्य छ । पोर्तुगलको समेत कार्यक्षेत्र रहेको फ्रान्स स्थित नेपाली दूतावासले आफै उपस्थिति हुनुपर्ने सूचना जारी गरेपछि असहज परिस्थितिलाई समाधान गर्न पहल गरोस भन्ने आशा जसससंग राखेपनी अहिले कार्यसमिति बैठक पनि नियमित बस्न सक्ने अवस्थामा छैन । यसै कारण विभिन्न महत्वपुर्ण विषयहरुमा संस्थागत निर्णय गरेर जानू पर्ने र कतिपय समस्याकाे समाधान गर्न अग्रसर हुनुपर्ने विषयहरुमा समितिले ठाेस निर्णय गर्न सकेकाे छैन ।

समाजमा रहेका हरेक विसंगती र कमजोरी निराकरणका साथै प्रबासमा रहने नेपालीका पिर मर्कामा साथ र सहयोग गर्ने उद्देश्यका साथ पोर्तुगलमा आजभन्दा करीब १५ बर्ष अगाडि स्थापना भएको जन सम्पर्क समिती पोर्तुगल सहमतिमा टुङिएको छैटौ अधिबेसन पश्चात मजबुद बन्दै जानुको सट्टा अहिले निकै संकटग्रस्त अवस्थामा छ ।
कमजोरी र त्यसको सुधार गर्दै हरेक नेपालीका समस्याका समाधानका लागि लड्ने जससका बिगतका दिन स्मरणीय छन भन्दा अन्यथा नहोला ।

हरेक नेपालीका समस्या आफ्ना हुन भन्ने जसस नेतृत्व हरहमेशा समस्या समाधानका लागि जागरुक छन् । तर पछिल्लो समय जनसम्पर्क समिती सम्बाद बिहिन जस्तै छ, भन्दा अनुपयुक्त नहोला ।

हजारौं नेपाली बसोबास गर्ने पोर्तुगलमा अहिले पासपोर्ट नवीकरण तथा नयाँ बनाउनको लागि समस्या भोग्ने नेपालीहरुको संख्या उल्लेख्य छ । पोचुगलको समेत कार्यक्षेत्र रहेको फ्रान्स स्थित नेपाली दूतावासले आफै उपस्थिति हुनुपर्ने सूचना जारी गरेपछि असहज परिस्थितिलाई समाधान गर्न पहल गरोस भन्ने आशा जसससंग राखेपनी अहिले कार्यसमिति बैठक पनि नियमित बस्न सक्ने अवस्थामा छैन । यसै कारण विभिन्न महत्वपुर्ण विषयहरुमा संस्थागत निर्णय गरेर जानू पर्ने र कतिपय समस्याकाे समाधान गर्न अग्रसर हुनुपर्ने विषयहरुमा समितिले ठाेस निर्णय गर्न सकेकाे छैन ।

स्थापनाकालिन उदेश्य र लक्ष्यमा आँच पुर्याउने र खेलवाड गर्ने अधिकार कसैमा छैन । आम पोर्तुगल बासीको प्रतिनिधित्व गर्ने जसस पोर्तुगल पटक (पटक ब्यक्तिगत ,समुहगत र गुट्गत स्वार्थका निम्ति स्थापनाकालिन भित्री मर्म र भावनामा छिया छिया पार्ने गरि चिथोरिएको छ । नेतृत्वदायी भुमिका र पदमा बहाल जिम्मेवारी साथिहरु आफ्ना ब्यक्तिगत स्वार्थ, महत्वाकांक्षा र कुन्ठालाई एकातिर पन्छाएर सस्था र यसमा समाहित हामी सबैको बृहतर हितका लागि एकपटक आपसी सहमति र सहकार्य जरुरी देखिन्छ ।

छैटाैँ अधिवेशन पछि निर्वाचन समितिले आफ्नो आधा जिम्मेवारी पूरा गरेर प्रतिबेदन दिएपछि नेतृत्वले केही प्रयास गर्ला भन्दा मौन अवस्थामा छ । यस्तै अवस्था रह्यो भने संगठन बेकामे नबन्ला भन्न सकिदैन । पछिल्लो अवस्थाले समाजमा र सस्थामा गलत परम्परा स्थापित हुनसक्छ त्यसैले सम्पूर्णलाई एकपटक यस विषयमा गम्भीर बनिदिन बिनम्र अनुरोध छ । सबैले आफ्ना ब्यक्तिगत र समुहगत महत्वाकांक्षा र कुन्ठालाइ बिर्सेर एकपटक आपसी सहमती र एकतामा हिंड्न सकिएन भने र हिड्ने प्रयास भएन भने भोलिका दिनमा पछुताउनु पर्नेछ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय