लिस्वन – सेप्टेम्बर ७ का दिन दिउँसो एक जना नेपाली आरोइस नजिकै आँखाभरी आँशु बनाउँदै बाटोमा हिड्दै गरेको देखियो । उनीले हामीलाई देख्नासाथ “तपाइहरु नेपाली हो” भनेर सोधे । हामीले “हो” भनेपछि उनी हामी नजिक आएर आफ्नो पिडा पोख्न थाले ।

गत डिसेम्बरमा क्रोएसियाबाट विभिन्न कष्ट र दुख बेहोर्दै भविष्य उज्वल बनाउने सपना देखेर पोर्चुगल छिरे । आउँदा आउँदै सम्पर्क भएको कृषिमा काम लगाउने एजेन्टको माध्यमबाट सिधै सान्तोतोनिया स्थित एक कृषि कम्पनीमा काम गर्न उतै पुगे ।

क्रोएसियाबाट पोर्चुगल आउने क्रममा त्यँहीको एजेन्टले लिएको पासपोर्ट फिर्ता नदिएपछि नयाँ पासपोर्ट निकाल्ने प्रकृयामा उनी थिए । त्यही सिलसिलामा नेपालबाट आउने एकजना व्यक्तिसंग आफ्नो नागरिकता मगाए । ती व्यक्तिले नागरिता लिस्वन आइपुगेको जनाकारी दिएपछि उनी सेप्टेम्बर ६ को दिनमा बस चढेर सेतेरियोस झरे । केही मिनेटको दुरीमा रहेको ती व्यक्तिसंग आफ्नो नागरिकता लिएपछि दिउँसो करिब २ बजे तिर उनी पुनः सेतेरियोस फर्कने क्रममा थिए ।

केही समयपछि एक जना नेपाली जस्लाइ उनी चिन्दैननले पछ्याए । अलि पर पुगेपछि ती नेपालीले उनी संग अति महत्वपुर्ण काम भएको र आफ्नो मोबाईल अफ भएको भन्दै फोन मागे । उनले पनि एकजना नेपालीले आपतकालिन अवस्थामा फोन मागेकोले दिए । पछि ती व्यक्ति फोनमा कुरा गर्दै हिड्न थाले । केही पर पुगेपछि आफुलाई हतार भएको र फर्किन पर्ने भएकोले आफ्नो मोबाईन फिर्ता दिन आग्रह गरे ।

अलि पर पुगेर ती नेपालीले “बढी बोले खालास्” भन्दै धम्की दिए । त्यसपछि उनले आफ्नो मोबाइल लिने प्रयास गरे । त्यतीकैमा अफ्रिकन मुलका तीन जना मानिसहरु “ह्वाट ह्यापेन्ड” भन्दै आएर उनको घुचुकमा हिर्काए । त्यसपछि ती चार जनाले उनलाई कुटपिट गरी उनको साथमा भएको वालेट, मोवाई, पैसा लगाएत नागरिता सहितको कागजात लिएर त्यहाँबाट फरार भए । त्यसवीचमा उनले सहयोगको लागि गुहार पनि मागे तर वरिपरी रहेका केही व्यक्तिहरुले पनि उनलाई सहयोग गर्न सकेनन् /गरेनन् ।

त्यसपछि बेबारिसे जस्तै बनेका विभिन्न ठाउँमा भेटिएका नेपाली तथा अन्यहरुसंग आफ्नो पीडा पनि पोखे र सान्तोतोनिया सम्म जानको लागि आवश्यक टिकटको व्यवस्था गरिदिन आग्रह गरे । तर कसैबाट पनि आवश्यक सहयोग नपाएपछि त्यो रात उनले भोकै एउटा पार्कमा बिताए । भोलिप्ट एकजना नेपालीको रष्टुरेन्टमा पुगे तर ती रेष्टुरेन्ट संचालकले आफुले सहयोग गर्न नसक्ने मार्टिम मुनिजतीर गए कसैले सहयोग गरिदिन सक्छन्, भन्दै पठाए । सान्तोतोनियासम्म जाने २० युरो भाडा जुटाउनको लागि आँखाभरी आँशु बनाउँदै उनी मार्टिम मुनिज जाने बाटो खोज्दै आरोईससम्म आइपुगेका थिए । त्यही क्रममा हामीले उनलाई त्यहाँ भेटेपछि केहीबेर कुराकानी गर्यौँ र उनकै अनुमतीमा केही कुराहरु “रेकर्ड” गरीसकेपछि उनले आवश्यक पर्ने सहयोग पनि गर्यौँ र उनलाई सान्तोतोनिया सम्म पुग्ने वाताबरण बनायौँ ।

अलि अघि सेप्टेम्बर ५ का दिन मात्र आरोइसमा रहेको चर्च अगाडी दिउँसो करिब १ बजेतिर एक नेपाली युवाको सुनको सिक्रि लुटिएको थिया । कामबाट आफ्नाे घर फर्कँदै गरेका ती युवाको घरनजिकै आइपुगेपछि तीन जना स्थानीय जस्तै देखिने युवाहरुले उनको घाँटीरहेको सिक्रि लुटेर फरार भएको थियो ।

यी त नमुना घटनाहरुमात्र हो । पछिल्लो समय लिस्वनका विभिन्न गल्लीहरुमा यस्ता लुटपाटका घटनाहरु बढ्न थालेका छन् । साँझविहान घर बाहिर निस्कँदा वा कामबाट अवेर घर फर्कनेहरुले आवश्यक बाहेक अन्य महत्वपुर्ण सरसामान तथा गरगहनाहरु लगाएर नहिड्दा आँफै पनि सुरक्षित हुन सकिन्छ भने यस्ता किसिमका घटना भइहालेमा नजिकको प्रहरीमा गएर उजुरी दिनुभएमा पनि प्रहरीले तपाइलाई आवश्यक सहयोग गर्नेछ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय