लिस्वन – कास्की आदर्श सेवा समाज पोर्चुगलले हिन्दु महिलाहरुको महान् पर्व तीजको अवसरमा बृहत् तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । लिस्वनस्थित बेलाभिस्ता पार्कमा हुने कार्यक्रममा समाजको तर्फबाट निशुल्क दर खुवाउने तथा राष्ट्रिय स्तरका कलाकारहरुको साथमा विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम गर्ने समाजले जनाएको छ ।

यहि अगष्ट ३० का दिन लिस्वन स्थित बेलाभिस्ता पार्कमा उक्त कार्यक्रमकाे आयाेजना गर्न लागेकाे अध्यक्ष शक्ति भट्टराइले जानकारी दिए ।

कार्यक्रममा नेपालबाट आएका ख्यातीप्राप्त कलाकारहरु चाेलेन्द्र पाैडेल, तुलसा क्षेत्री र पार्वती जिसीकाे विशेष साँगितिक प्रस्तुती रहने महासचिव सविन पाैडेलले जानकारी दिए ।

कार्यक्रम दिनकाे ३ बजे शुरु हुने छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय