

लिस्वन – नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा नेपाली नारी समाज, पोर्तुगलले वृहत् तिज विशेष सास्क्रुतिक आयोजना गर्न लागेको कार्यक्रम अन्तिम चरणमा पुगेको समाजले जनाएको छ । समाजले यहीँ अगष्ट २८ तारिक आइतबारका दिन लिस्वन स्थित मार्टिम मुनिज पार्कमा हुन लागेको तिज वृहत् साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै छ ।
कोरोना कहरले गर्दा विगत दुइ वर्ष खुला ठाउँमा कार्यक्रम गर्न नपाएता पनि यस वर्ष भने खुला ठाउँ (पार्क)मा गर्न लागिएको समाजकी कार्यवाहक अध्यक्ष गिता रेउलेले जानकारी दिइन । पोर्तुगलमा पहिलो पटक यसरी पार्कमा कार्यक्रम गर्ने शुरूवात नारी समाजले गरेको बताउदै का।वा अध्यक्ष रेउलेले हामी सबै तयारीका साथ वृहत् रूपमा आफ्नो धर्म सस्कृतिको संरक्षण गर्दै मौलिकता जोगाउन लागि परेको बताइन । समाजले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि परम्परा संरक्षण गर्नको लागि कार्यक्रमको तयारी गरेको हो । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको समाजले जनाएको छ ।
पोर्तुगलमा रहेका नेपाली दिदिबहिनीको माइतीको आँगन बन्दै आइरहेको नेपाली नारी समाजले गतवर्ष जस्तै यो वर्ष पनि खुल्ला पार्कमा कार्यक्रम गर्न पाउँदा हर्षित भएको समाजकी महासचिव पुनम गौतमले जानकारी दिनुभयो ।
पोर्तुगलमा रहेका नेपाली दिदिबहिनीहरु नारी समाजले गर्ने वृहत् तिज कार्यक्रमको व्यग्र प्रतीक्षामा रहेको जनाउँदै महासचिव गौतमले विदेशमा रहेर पनि आफ्नो सँस्कार र सँस्कृतीको जगेर्ना गर्न सधैं तत्पर रहेको बताईन । साथै महासचिव गौतमले सबै दिदिबहिनीहरुलाई आगामी आइतबार छुट्टी मिलाएर उपस्थित हुन समेत आग्रह गरिन् ।
वर्षमा एकपटक नाच्न र रमाइलो गर्नको लागी समेत उहाँले सबैलाई निमन्त्रणा गरेकोे जानकारी दिइन्। पोर्चुगलस्थित सम्पूर्ण संघ (संस्था, संगठनका प्रतिनिधिहरु एवं समस्त नेपाली आमाबुबा दाजुभाई तथा दिदीबहिनीहरुमा उपस्थितिको लागि समाजले सबैलाई अनुरोध गरेको छ । साथै समाजले नाच्ने रमाइलो गर्ने कार्यक्रम भएको हुँदा महँगो गर(गहना नलगाई दिनुहुन सुचित समेत गरेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2023: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal