लिस्वन – अहिले हिन्दु नारीहरुको महाने पर्व हरितालिका तीजकोे रौनक छाएको छ । नेपाल तथा विदेशमा रहेका नेपाली हिन्दु नारीहरुले विभिन्न स्वरुपमा यस महान् पर्वलाइ स्वागत गरिरहेका छन् । यसै सन्दर्भमा नेपाली नारी समाज पोर्चुगलले पनि आगामी अगष्ट २८ को दिन तीजको अवसर पारेर बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

आगामी २८ तारिकको दिन पोर्चुगललको राजधानी लिस्वनमा रहेको मार्टिम मुनिज पार्कमा कार्यक्रमको आयोजना गर्न लागेको समाजले जनाएको छ ।

नेपालबाट आएका चर्चित गायक गायिकाहरुको साथमा विशेष तीज कार्यक्रमको आयोजना गर्न लागेको समाजकी महासचिव पुनम गौतमले जानकारी दिईन । उक्त दिन पोर्चुगलमा रहनु भएका सम्पुर्ण आमा तथा दिदीबहीनीहरुलाई उपस्थित भइ कार्यक्रमलाइए भव्य र सभ्य रुपमा सम्पन्न गर्न समाजले आग्रह समेत गरेको छ ।

गतवर्षहरुमा पनि तीजको अवसर पारेर नेपाली नारी समाजले विषेश कार्यक्रमहरुको आयोजना गर्दै आएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय