लिस्वन – चितवन समाज पाेर्चुगलले हिन्दु नारीहरुकाे महान् पर्व हरितालिका तीजकाे अवसरमा राष्ट्रिय कलाकार भगवान भण्डारी, देबिका के.सि, जेबि ओलि र शिव अखेलिको साथमा तिज गित प्रतियोगिता एबम सास्कृतिक कार्यकम को आयोजना गर्ने भएकाे छ ।

चितवन समाजले पहिलाे पटक आयाेजना गर्न लागेकाे यस तीज विशेष कार्यक्रममा चितवनका मात्र नभएर पोर्चुगलमा बसोबास गर्ने सम्पूर्ण नेपाली दिदि बहिनीहरुका लागि कार्यक्रमकाे आयाेजना गरिएकाे समाजका अध्यक्ष रवि अर्यालले जानकारी दिए ।

आगामी २४ अगस्ट बुधबार ५ बजेबाट लिस्बनको वोक मुनदो ( वोर्क सिटी ) रेस्टुरेन्टमा शुरु हुने “तिज विशेष कार्यक्रम” मा नेपालबाट आएका कालाकारहरुलाई सम्मान गर्ने तथा प्रतियाेगितामा सहभागीहरुलाई नतिजाकाे आधारमा पुरस्कार पनि वितरण गरिने जानकारी दिए ।

उक्त दिन कुनैपनी कार्यक्रम नजुधाइ कार्यक्रम सफल बनाउन सहयोग गरिदिनुहुन पोर्तुगलमा रहेका सम्पूर्ण संघ-संस्थालाई समाजले आग्रह समेत गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय