

लिस्वन – पेरिस स्थित नेपाली राजदुतावास फ्रान्सले ई-पासपाेर्ट जारी गर्न लागेकाे जनाएकाे छ । पाेर्चुगल समेत कार्यक्षेत्र रहेकाे पेरिस स्थित दुतावासले हिजाे जारी गरेकाे सुचना अनुसार यही जुलाई २७ देखि विद्युतिय राहादानी (E-passpprt) काे आवेदन खुला गरेकाे जानकारी दिएकाे हाे ।
राहादानीका लागि फारम भर्ने समयमा नै दुतावासमा फारम बुझाउने मिति र समय छनाैट गर्नुपर्ने र उक्त समयमा सम्बन्धित व्यक्ती स्वयं उपस्थित हुनु पर्ने जनाएकाे छ । यस अघि हुलाक मार्फत फारम पठाएर राहादानीकाे लागि निवेदन दिन सकिने व्यवस्था भएतापनि अब उप्रान्त हुलाक मार्फत आएका निवेदन स्विकार नगरिने जनाएकाे छ ।
अनलाईन मार्फत मिति र समय नलिई राहादानीकाे लागि सिधै कार्यलयमा जानेहरुलाई सेवा दिन नसकिने पनि सुचनामा उल्लेख छ ।
कार्यलयमा सम्बन्धित व्यक्ति स्वंय उपस्थित हुनुपर्ने नयाँ नियमका कारण विशेष गरि पाेर्चुगलमा रहेका अधिंकाश नेपालीहरुलाई प्रत्यक्ष असर पर्ने देखिएकाे छ । अहिले पाेरचुगलमा अस्थाई बसाेबास अनुमति पत्रकाे लागि लामाे समय कुर्नु पर्ने भएकाे छ । उक्त पत्र विना पाेर्चुगल बाहिर जान नसकिने हुँदा त्यसअघिनै राहादानीकाे म्याद सकिनेहरुकाे हकमा यसले निकै अप्ठ्याराे स्थिति पैदा हुन सक्नेछ ।
ताजा समाचार
लोकप्रिय
© 2025: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal