

विश्वभरका नेपाली साहित्यकारहरूलाई एउटै मालामा जोड्न दिनरात लागि पर्ने कवि तथा गजलकार स्पन्दन विनोदले अनेसासको केन्द्रीय निर्वाचन २०२२-२०२४ का लागि महासचिव पदमा उम्मेदवारी दिएका छन्।
लामो समय वेलायत बसेर अस्थाई रुपमा पोर्चुगल रहदैँ आएका स्पन्दन विनोद पेशाले स्वाथ्यकर्मी / व्यवसायी हुन् । अनेसास पोर्चुगलको कार्यसमिति सचिव, महासचिव, अध्यक्ष हुँदै अहिले वरिष्ठ सल्लाहकार रहेका स्पन्दन विनोद पछिल्लो समय नेपाली भाषा साहित्यमा सक्रिय साहित्यकारका रुपमा परिचित छन्।
जसका कारण निरन्तर सम्मानित र पुरस्कृत छन्। भर्खरै नेपाल प्रज्ञा प्रतिष्ठानमा उत्कृष्ट कविहरूमा छनोटमा परेका स्पन्दन विनोद परदेशमा रहेर दिनरात नेपाली भाषा साहित्यका लागि लड्ने अभियन्ताका रुपमा अगाडि आएका छन्। भर्खरै नइ रजत महोत्सव पदकले समेत सम्मानित स्पन्दनले अन्य सम्मान तथा पुरस्कार समेत पाएका छन्। २०७८ मा चारु प्रतिष्ठान नेपालले “आधुनिक मोतिराम भट्ट” अलंकारले विभोषित समेत भएका स्पन्दन विनोद २०५२ सालमा गोरखापत्रमा कविता प्रकाशन गरेर औपचारिक रुपमा नेपाली साहित्यमा भित्रिएका स्पन्दनका “भिजाएर गयौ” र “अविरल स्पन्दन” दुई गजल संग्रह सहित थुप्रै संयुक्त संग्रह प्रकाशित छन् भने दुइ शोक काव्य, केही खण्डकाव्य, महाकाव्य, गीती संग्रह, मुक्तक संग्रह, गजल संग्रह , उपन्यास आदि प्रकाशोन्मुख छन्। जनजनका मनमा बस्न सफल स्पन्दनका केही गीतहरू पनि बजारमा आइसकेका छन् भने केही आउँनेक्रममा छन्। “परदेशमा आएपछि नेपाली भाषा- साहित्य, कला, संस्कृति सहितको नेपाली पहिचानको खोजी भयो।सो क्रममा डायस्पोराका सर्जकको अभिवावकत्व निर्वाह गरिरहेको अनेसास भेटेँ र यसमै समाहित भएँ।
धेरै साहित्यिक संस्थामा जोडिने मौका हुँदा हुँदै मैले निरन्तर अनेसासमा रहेर साहित्यिक सक्रियता अगाडि बढाएको छु। सामाजिक संजाल मार्फत विश्वभरका सर्जकहरूलाई जोडेर अनेसासप्रति सकारात्मक भावप्रवाह गरेकोछु। यही साहित्यिक योगदान मार्फत नेपाली भाषा – साहित्य र देशका लागि केही गर्न र धेरैको चाहना बमोजिम यो पटक पुनः एक चोटी केन्द्रीय महासचिव पदमा उम्मेदवारी दिएको छु। “ उनको भनाई छ। अनेसासको ३० वर्षे इतिहासमा युरोपकै पहिलो ट्रष्टी सदस्य बन्न सफल स्पन्दन विनोद आफ्नो शिष्ट र शालिन व्यवहारका कारण विश्वभरका सर्जकमाझ प्रिय छन्।
सैद्धांतिक गजल र छन्द अभियन्ताकै रुपमा प्रवासमा उदाएका स्पन्दन विनोदले अनेसास नेपालद्वारा प्रकाशित आफ्ना गजल कृति नेपाल प्रज्ञा प्रतिष्ठानमा विमोचनसँगै युरोपको अन्तिम विन्दुमा वरिष्ठ साहित्यकार लीला लुइटेलको प्रमुख आतिथ्यमा पहिलो नेपाली पुस्तकका रुपमा भव्य विमोचन गरेर किर्तिमान कायम पनि गरेको छ।
यही हप्ता यूट्यूबबाट रिलिज भएर बजारमा आउन लागेको स्पन्दन विनोदको अनेसास गान – “हाम्रो अनेसास छ…” ले रिलिज पूर्वनै चर्चामा रहेको अनुमान गरिएको छ। अझै यौटा सामाजिक संजालमार्फत हजारौँ सर्जकसम्म पुगेर ऊर्जा प्रदान गर्दै सम्मान गर्ने स्पन्दन विनोदले अनेसासका सम्पूर्ण आजीवन सदस्यहरूलाई आफूलाई मतदान गरेर यौटा अवसर प्रदान गर्न अनुरोध गरेका छन् । अनेसास केन्द्रमा उनले के कस्ता सपना देखेका छन् त?
स्पन्दन विनोदका केही प्रतिवद्धता यस्ता छन्-
१.अनेसासको भवन निर्माण कार्यलाई पहिलो प्राथमिकतामा राखेर यथाशीघ्र पूर्ण रुप दिने ।साथै नेपालको डायस्पोरा डेस्क संचालन व्यवस्थित गर्ने।
२.अनेसास केन्द्रको वेभसाईट व्यवस्थित बनाएर हरेक च्याप्टरका गतिविधि, इतिहास तथा आजीवन सदस्यको पंजिकृत विवरण स-तस्विर प्रकाशन गर्ने र संस्थापकदेखि हालसम्मका अग्रजहरूलाई सम्मान गर्ने। हरेक च्याप्टरमा त्यहाँको इतिहास झल्कनेगरि हरेक कार्यकालको तस्विर कार्यालयमा राखिने।
३.अनेसासमा आवद्ध च्याप्टरदेखि केन्द्रीय तहसम्मका अग्रज साहित्यकारहरू तथा आजीवन सदस्यहरूको खोजी गरि स्पष्ट आलेख राखिने र यथोचित सम्मानको व्यवस्था गर्ने। आजीवन सदस्यहरूलाई तत्काल परिचय पत्र, प्रमाण पत्र र व्याचको व्यवस्था गर्ने।
४. युरोप, अमेरिका, एसिया, अफ्रिका र ओसियना गरि पाँचवटै क्षेत्रमा नेपाली पुस्तकहरू समेटिएको यौटा साझा पुस्तकालय स्थापनाको पहल गर्ने
५.हरेक च्याप्टरमा वालवालिकाको लागि निःशुल्क भाषा कक्षा संचालन गर्न सहयोग गर्ने र च्याप्टरलाई आवश्यक पाठ्यक्रम वितरण गर्ने।महिला तथा बाल साहित्य प्रतियोगिता, सभा-सम्मेलन, गोष्ठीलाई निरन्तरता दिने।
६.हरेक च्याप्टरमा एक जना विदेशी/ अनुवादक सल्लाहकार अनिवार्य राखिने र हरेक कार्यकालमा कम्तिमा यौटा नेपाली मूर्धन्य साहित्यकारको पुस्तक सम्बन्धित देशको भाषामा अनुवाद गरेर प्रकाशन गर्न सहयोग गर्ने र हरेक च्याप्टरलाई केन्द्रसँग नजिक र सक्रिय राख्नका लागि केन्द्रसँग जोडेर विविध जिम्मेवारी दिइने।
७.हरेक देशको विश्वविद्यालयमा अनुवादित नेपाली साहित्य पाठ्यक्रममा राख्न सम्बन्धित पक्षलाई पहल गर्ने र समन्वय गर्ने।
८.हरेक आजीवन सदस्यले वेभ साईटको आफ्नो पोर्टल मार्फत नेपाली भाषा-साहित्यका पुस्तक खरिद तथा देश विदेश भ्रमणमा छुट पाउने साथै पोर्टलबाट अनेसासद्वारा प्रकाशित हरेक पुस्तक निः शुल्क पढ्न पाउने व्यवस्था गर्ने ।साथै हरेक आजीवन सदस्यका पुस्तक प्रकाशन, विमोचन र बिक्री वितरणको व्यवस्था मिलाउने।
९.अनेसासको विधान सङ्गत रहेर प्राज्ञ समिति गठन गरि नियमित साहित्यका विविध विधाको सही प्रशिक्षण, यथोचित अग्रज सम्मान तथा नेपाली साहित्यलाई विश्व बजारमा लान सहजीकरण भुमिका खेल्ने ।
१०.विश्वभरका नेपाली भाषा-साहित्यिक, कला, सँस्कृतिसँग आवद्ध संस्थाहरूसँग समन्वय गरेर नेपाली भाषा-साहित्य, कला र संस्कृति जगर्ना तथा विकासका लागि विविध कार्यक्रम गर्ने ।
११.अनेसासका सभा-सम्मेलन, प्रतियोगिता तथा गोष्ठीलाई विश्वव्यापी सहभागिता गराउन समयमै तालिका बनाएर अग्रजलाई सम्मान – अनुजलाई प्रोत्साहन गर्ने। आर्थिक पारदर्शीता, बौद्धिक समावेशी र निष्पक्ष अनेसास निर्माण गर्न अनेसासले गर्दै आएका विविध कार्यहरू जस्तै-साहित्यिक पत्रिका अन्तर्दृष्टि, अनेसास दर्पण (अनलाईन) प्रकाशन, रेडियो कार्यक्रम साहित्य चौतारी आदिलाई निरन्तरता दिने र टेलिभिजन कार्यक्रमका लागि पहल गर्ने ।
१२.हरेक च्याप्टरमा स-सरीर उपस्थित भई केन्द्रलाई प्रतिनिधित्व गरी त्यहाँका समस्याहरूलाई शीघ्र सम्बोधन गर्ने।
१३.अनेसास वि.ओ. टी., केन्द्रीय कार्यसमिति र च्याप्टरहरूसँग सहकार्य गर्दै , सबैसितको सम्बन्ध सशक्त बनाउने र ट्रष्टिज तथा आजीवन सदस्य गुणात्मक रुपमा बढाएर अनेसासको कोष सशक्त बनाउने।
१४.अनेसासबाट प्रदान गरिने पुरस्कारहरू निष्पच्क्ष र विवाद रहित बनाउन सहयोग गर्ने। सर्वोत्कृष्ट पुस्तक अनुवाद पुरस्कारद्वारा अनुवादकलाई प्रोत्साहन गरिने।
१५.अनेसासको भिजन र मिसनमा प्रतिवद्ध रहि विधान सङ्गत कार्य गर्ने/गराउने आदि।
ताजा समाचार
लोकप्रिय
© 2025: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal