

नुवाकाेट – नेपाल विद्युत् प्राधिकरणले त्रिशूली – ३ ए को विद्युत् उत्पादन बन्द गरेको छ ।
नुवाकोट जिल्लाको ककनी गाउँपालिका – ७ स्थित एउटा प्रसारण लाइनको पोलमा एक जना व्यक्ति चढेपछि विद्युत् सेवा अवरुद्ध भएको हो । बेलकोटगढी नगरपालिका- १३ का प्रेम बिक शनिवार बिहान ११ बजेतिर त्रिशूली – ३ ए को प्रसारण लाइनमा चढेको भन्दै विद्युत् प्राधिकरणले विद्युत् उत्पादन नै बन्द गरेको हो । प्राधिकरणका अनुसार माथिल्लो त्रिशूली- ३ ए तथा अन्य केहि साना जलविद्युतसमेत गरी ६०/ ६२ मेगावाट विद्युत् खेर गइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार ती व्यक्तिलाई प्रहरी र स्थानीयवासीले पोलबाट झार्न प्रयास गरिरहेका छन् । पोलको तारमा ती व्यक्ति ओहोर – दोहोर गरिरहेकाले विद्युत् प्रसारण रोक्नु परेको प्राधिकरण स्रोतले बताएको छ ।
प्रहरीले ती मानिस कुन उद्धेष्यले पोलमा चढेको र माग के हो भन्ने बारेमा कुनै जानकारी प्राप्त हुन नसकेको पनि बताएको छ ।
स्थनीय बासिन्दाले विद्युतको पोलमा एक जना मानिस चढेको विद्युत् प्राधिकरणलाई खबर गरेपछि विद्युत् उत्पादन बन्द गरिएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2025: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal