

लिस्वन – आज बुद्ध पूर्णिमा। देशभर गौतमबुद्धको २५६६ औँ जन्मजयन्तीको अवसरमा नेपालका विभिन्न भागहरुमा विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन्।
बुद्ध जयन्तीका अवसरमा बुद्ध जन्मभुमी लुम्बिनीमा विभिन्न स्थानबाट दर्शनार्थी पुगेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा लुम्बिनी पुगेका छन्।
पाेर्चुगलमा पनि विशेष कार्यक्रम हुँदै
वुद्ध जयन्तीकै अवसर पारेर पाेर्चुगल स्थित अवैतानिक महावाणिज्य कार्यालयकाे आयाेजनामा विशेष शाेभा यात्रा हुने भएकाे छ ।
शोभा यात्रा लाई सभ्य र भब्य रुपमा सम्पन्न गरि बुद्ध भुमी नेपाल र नेपालीको पहिचानको प्रचार-प्रसार गर्ने यस अभियानमा सरिक हुन पोर्चुगलबासी सम्पूर्ण नेपाली बुवाआमा, दाजुभाई, दिदीबहिनीहरु सबैमा नेपाली महाबाणिज्यदूतको कार्यालयले एक सुचना मार्फत अनुरोध गरेको छ ।
१६ मे का दिन बिहान १२:३० बजे देखि Rua Alvaro Coutinho 2B मा रहेकाे भगवान बुद्धको पुजा अर्चना सहित सुरु हुने बुद्ध जयन्ती बिशेष कार्यक्रम मनाईने कार्यक्रम रहेको छ।
तत्पश्चात प्रासा दि कमर्सियो बाट दिनको ३:०० बजे शोभा यात्रा शुरु भई मार्टिम मुनिजमा गएर टुङ्गिने सुचनामा उल्लेख गरिएकाे छ ।
उक्त शाेभा यात्रमा सहभागी हुन पाेर्चुगल स्थित सम्पुर्ण संघसंस्था तथा व्यक्तित्वहरुलाई महावणिज्य दुतावासकाे कार्यालयले अनुराेध समेत गरेकाे छ ।
ताजा समाचार
लोकप्रिय
© 2025: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal