वासिङटन – विश्वका सबैभन्दा धनाढ्य अर्बपति एलन मस्कले ट्विटरमा सेन्सरसिप घटाउने प्रतिबद्धतासहित ट्विटर किन्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । डिजिटल दुनियाँको अत्यन्तै र्चिर्चत क्षेत्र ‘ट्विटर’मा उनको प्रवेशको मनसायलाई लिएर प्रश्नहरू उठिरहेका बेला उनले ट्विटर खरिद सम्झौतामा गरेका हुन् ।

तर, मानव अधिकारवादी समूहहरूले भने नियन्त्रणको अभावमा ट्विटर घृणा पोख्ने थलो बन्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
मस्कको भनाइलाई लिएर थुप्रै ट्विटर प्रयोगकर्ताहरूले यसअघि निलम्वनमा परेका एकाउन्टहरूलाई कम्पनीले फर्कने अनुमति दिन्छन् कि भने प्रश्न गर्न थालेका छन् ।

यसरी एकाउन्ट निलम्वन कारबाहीमा पर्नेमा चर्चित व्यक्तित्वमा अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पनि एक हुन् । मस्कले ट्विटरसँग सम्झौता गरेको खबर सार्वजनिक हुनासाथ मानवअधिकारवादी समूहहरूले चिन्ता व्यक्त गरेका हुन् । उनीहरूले आफैँलाई ‘स्वतन्त्र अभिव्यक्तिका निरंकुश’ भन्ने मस्कलाई ट्विटरले  दिने शक्तिप्रति चासो लिन थालेका हुन् ।

मस्कले ट्विटरको वालमा राखिने सामग्रीहरूमाथिको नियन्त्रण नीतिको आलोचना गर्दै ट्विटर स्वतन्त्र अभिव्यक्तिको सानदार मन्च हुनुपर्ने आवाज उठाउँदै आएका छन् ।

समझौतामा हस्ताक्षर गरेपछि मस्कले स्वतन्त्र अभिव्यक्तिलाई ‘प्रजातन्त्र सञ्चालन गर्ने आधारशिला’को संज्ञा दिएका छन् ।

एमेनेस्टी इन्टरनेसनलले ट्विटर थ्रेडमा भनेको छ, “ट्विटरले प्रयोगकर्ताहरूका सुरक्षाका लागि तयार पारिएका नीतिहरू र संयन्त्रहरू ओझेलमा पर्ने किसिमको कुनै कदम चलाउला भन्नेबारे हामी चिन्तित छौँ ।’

ट्विटरले यस विषयमा कुनै पनि प्रतिक्रिया जनाएको छैन ।

वासिङटनस्थित क्यापिटल भवनमा ६ जनवरीमा भएको दंगालाई लिएर विवादास्पद अभिव्यक्तिहरू दिएको भन्दै ट्रम्पको ट्विटर एकाउन्ट स्थायी रूपमा बन्द गरिएको थियो । -वरबि

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय