काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन्।

चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आएको केही दिनपछि पर्याप्त गृहकार्य बिना भारत भ्रमणका गएका देउवाले स्वदेश फर्किने दिन धार्मिक सहर बनारसमा भारतको गुप्तचर एजेन्सी रिसर्च एण्ड एनालिसिस विंग ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग भेट गरेका छन्।

देउवा र गोयलबीच नेपालमा हुन गइरहेको तीन चरणको निर्वाचन र चुनावमा कांग्रेसले गठबन्धन गरेर जाने निर्णयप्रति केन्द्रित रहेर छलफल भएको स्रोतले जनाएको छ। उक्त भेटमा प्रधानमन्त्री पत्नी आरजू देउवापनि सहभागी थिइन्।

रअ प्रमुख गोयलले स्थानीय तह निर्वाचनमा गर्ने भनिएको गठबन्धनका विषयमा चासो राखेका थिए। उनले पाँच दलीय गठबन्धन गरेर चुनावमा जाँदा लोकतान्त्रिक मूल्य मन्यता विपरित हुने भन्दै लोकतन्त्रको रक्षाका लागि दलहरु एक्ला एक्लै चुनावमा जानुपर्ने सुझाव दिएको स्रोतले जनाएको छ।

देउवाले पाँच दलीय गठबन्धन भएमा ओली र प्रचण्ड मिल्न नपाउने र चीनको प्रयास विफल हुने भन्दै गोयललाई ‘कन्भिन्स’ गर्न खोजेका थिए। पछिल्लो समय कांग्रेसभित्र प्रभावशाली नेताहरु र जिल्लामा खटिएका प्रतिनिधिले गठबन्धन नगर्न सुझाव दिँदा पनि देउवा गठबन्धनको पक्षमा छन्।

गोयलले भने पार्टी विभाजन हुने बेला प्रचण्ड र ओली एक अर्कालाई तल्लो स्तरको गाली गर्ने अवस्थामा पुगेर छुट्टिएकोले उनीहरु कुनै पनि हालतमा मिल्दैनन् भन्ने कुरामा देउवालाई सहमत गराउन खोजेका थिए। गोयलले ओली र प्रचण्ड मिल्ने भय त्याग्न देउवालाई आग्रह ओली र प्रचण्डबीच चुनावी तालमेल हुन नसक्ने विषयमा आश्वस्त पार्ने प्रयास गरेका थिए।

गोयलले पाँच दलीय गठबन्धन गरेर जाँदा स्वतन्त्र रुपमा चुनाव नहुने कुरामा जोड दिँदै कांग्रेस एक्लै चुनावमा जानुपर्नेमा जोड दिएका थिए।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय