

लिस्वन – पाेर्चुगलकाे वातावरण एजेन्सी (APA)ले साहारा मरुभुमीबाट आएकाे धुलाेकाे कण मिश्रित वायुका कारण स्वास्थ्यमा असर पर्न सक्ने भन्दै चेतावनी दिएकाे छ ।
उत्तर अफ्रिककाे मरुभुमीबाट आएकाे वायुमा उच्च मात्रामा स्वास्थ्यमा प्रतिकुल असर पार्ने (M10) कणहरु मिसिएकाे कारण वायुकाे गुणस्तर खराब भएकाे जारी विज्ञप्तीमा भनिएकाे छ ।
जारी विज्ञप्तीमा APA ले पाेर्चुगलकाे उत्तरी क्षेत्रबाट शुरु भएकाे याे अवस्था केन्द्र, लिस्वन हुँदै २ दिन भित्र देशका अन्य स्थानहरुमा पनि फैलने चेतावनी दिएकाे छ ।
पोर्तुगाली वातावरण एजेन्सीले अनुसार “यस प्रदूषणले मानव स्वास्थ्यमा प्रभाव पार्छ, मुख्यतया सबैभन्दा संवेदनशील जनसंख्या, बालबालिका र वृद्धहरूमा यसकाे प्रभाव दाेब्बर मात्रमा हुने चेतावनी दिएकाे छ । यसबाट बच्नकाे लागि स्वास्थ्य महानिर्देशनालयका जारी गरेकाे स्वस्थ सुरक्षाका विभिन्न सिफारिसहरू पालना अनुराेध गरेकाे छ ।
तर बिहिबार देखि भने प्रदुषणकाे मात्रामा कमी आउने बताईएकाे छ ।
ताजा समाचार
लोकप्रिय
© 2025: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal