

लिस्वन–युक्रेन द्वन्द्वबाट प्रभावित पाँच सय ११ नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन्। रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति बैठकलाई बिहीबार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरू सुरक्षित स्थानको खोजी गर्दै पोल्यान्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतका देशमा पुगेको जानकारी दिए।
समितिका अनुसार हालसम्म चार सय तीनजना पोल्यान्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, ६ जना हंगेरी र चारजना माल्दावा पुगेका छन्। उद्धार गरिएकामध्ये चार नेपालीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ। युक्रेनबाट निस्केकामध्ये ४० नेपालीले यात्रा अनुमतिपत्र (ट्राभल्स डकुमेन्ट) लिएका जर्मनस्थित नेपाली दूतावासले जनाएको छ।
बैठकलाई सम्बोधन गर्दै उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले युक्रेनमा करिब ४० जनाको परिवार आफ्नो व्यवसायसहित स्थायी बसोवास गर्दै आएकाले पारिवारिक र व्यावहारिक कारणले युक्रेन छोड्न नसकेका जानकारी दिए। उनले अप्ठ्यारोमा परेका नेपालीलाई आर्थिक सहयोगसमेत गराउने उद्देश्यले संघको पोल्यान्ड राष्ट्रिय समितिलाई आर्थिक संकलनका लागि अनुमति दिएको बताए।
ताजा समाचार
लोकप्रिय
© 2025: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal