काठमाडौं – महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउनेहरुको चाप थेग्न नसकेर पशुपतिनाथको बागमती पुलको पर्खाल भत्किएको छ ।

मंगलबार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आएकाहरुको भार थाम्न नसक्दा बागमतीका २ पूराना पुलमध्ये पुल नम्बर १ को साइडको पर्खाल भत्किएको हो।

पुलको पर्खाल भत्किदा ३ जना बागमती नदीमा खसेर घाइते भएको बताइएको छ । घाइतेमध्ये एकजना अर्धचेत रहेका छन् । भीडभाडका कारण उनलाई अस्पताल लैजान नसकिएको बताइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय