कोपनहेगन – डेनमार्कले मंगलबारदेखि कोभिड १९ सम्बन्धी सम्पूर्ण आन्तरिक बन्देज हटाएको छ । डेनमार्क मास्कको अनिवार्यतासमेत त्याग्ने युरोपेली संघको पहिलो मुलुक भएको छ ।

त्यहाँ नाइट क्लबहरू पुन: खुलेका छन् । राति अबेरसम्म रक्सीको बिक्री वितरण हुन थालेको छ र कुनै पनि स्थानमा कन्ट्याक्ट–ट्रेसिङ एपको प्रयोग हुन छाडेको छ ।

तुलनात्मक रूपमा अझै पनि कोभिड १९ संक्रमितको संख्या बढिरहेपनि स्थानीय प्रशासनले कोरोना भाइरस अब ‘गम्भीर खतरा’ नरहेको बताउने गरेको छ ।

यसबारे स्वास्थ विशेषज्ञहरू बताउँछन्, “मुलुकको उच्च खोप दरको कारण हामीले ती बन्देजहरूबाट मुक्ति पाएका छौँ । हामीले अधिकांश वयस्कलाई खोपको तेस्रो डोज पनि दिइसकेका छौँ ।”

युनिभर्सिटी अफ रोस्किल्डका महामारी विशेषज्ञ लोन सिमोन्सेन बताउँछिन्, “कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन त्यति खतरनाक नभएकाले पनि हामीले सम्पूर्ण सुरक्षा नियमहरू फुकुवा गरेका हौँ । मंगलबारदेखि नै पसलमा, रेस्टुरेन्टमा र सार्वजनिक यातायातमा मास्क लगाउनुनपर्ने भएको छ । जमघट हुँदा मानिसको संख्यामा ख्याल र सामाजिक दुरी पनि कायम राख्नुनपर्ने भएको छ ।

राष्ट्रव्यापी रूपमै कन्ट्याक्ट–ट्रेसिङ एपको आवश्यकता नभइसकेको छ । तर, कुनै निजी कार्यक्रम सञ्चालनको क्रममा सो एप प्रयोग गर्न चाहेको खण्डमा भने रोकिने छैन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय