काठमाडाैँ – प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरूद्धको खोप सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।

मंगलबार सरकारी निवास बालुवाटारमा अफगानी नागरिकहरुलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरुसँगको भेटमा देउवाले सो आग्रह गरेका हुन् ।

अहिले देश कोरोना भाइरसबाट आक्रान्त बनेको भन्दै प्रधानमन्त्री देउवाले सबैले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गरेर कोरोनालाई परास्त गर्नुपर्ने बताए ।

कोरोनाविरूद्धको खोप सरकारको पहिलो प्राथमिकता भएकोले सबैले लगाएर कोरोनाबाट सुरक्षित हुन पनि उनले आग्रह गरे । उनले अहिले खोप खोप भने पनि पहिले खोप लगाउने मान्छे नभएको बताए ।

 

उनले भने – ‘अहिले कोरोनाले पनि हैरान गरेको छ देशलाई। अत्यन्त डरलाग्दो स्थिति छ। नयाँ–नयाँ भेरियन्ट आइरहेको छ, अर्को आउँदैछ भन्दैछन्, विज्ञहरू। मैले भनेकै हो, खोप खोप खोप भनें। खोप लगाउने मान्छे नै नभइरहेको जस्तो कुरा छ। अहिले जत्ति पनि खोप छ। तर खोप लगाउन मान्छे चाहँदैन। ‘

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय